समसामयिक :

मधेश प्रदेशको समस्या समाधान हुनेगरी कदम चाल्ने मन्त्री गुप्ताको प्रतिबद्धता

शनिबार, भदौ २९, २०८१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहबीच भेटवार्ता भएको छ । 

National medical suchna

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारमा भएको भेटमा उहाँहरूबीच मधेश प्रदेशका विभिन्न समस्याहरुका विषयमा छलफल भएको छ ।

भेटमा मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा कर्मचारीहरु जान नमान्ने र गएकाहरू पनि दक्ष नहुँदा कार्य सम्पादनमा समस्या भइहेको जानकारी गराउनुभयो ।

सरकारी कार्यालयहरूका कार्यसम्पादनमा समस्या आउँदा सर्वसाधारण सेवाग्राही मर्कामा पर्ने गरेको भन्दै उहाँले मधेश प्रदेशमा दक्ष र अनुभवी कर्मचारीहरु पठाउन आग्रह गर्नुभयो । 

‘मधेशमा कर्मचारीहरू जान मानिरहनुभएको छैन । उहाँहरूका लागि काम गर्ने उपयुक्त वातावरण बनाउन हामी प्रयासरत छौँ ।

तर, दक्ष र अनुभवी कर्मचारीहरू पठाइदिनुहुन विनम्र आग्रह छ,’ मुख्यमन्त्री सिंहले संघीय मन्त्री गुप्तालाई भन्नुभयो । 

मुख्यमन्त्री सिंहको कुरा सुनेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले मधेश प्रदेशको समस्याबारे आफू स्वयम् जानकार र चिन्तित रहेको भन्नुहुँदै मुख्यमन्त्रीबाट भएको पहलप्रति खुसी ब्यक्त गर्नुभयो ।

उहाँले मधेश प्रदेशको सो समस्या समाधान हुनेगरी आफूले कदम चाल्ने प्रतिवद्धता पनि ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय