समसामयिक :

नेविसंघ पर्साद्वारा नारायणी अस्पताल सुधारका लागी स्वास्थ्य मन्त्रीलाई ज्ञापन

मंगलबार, भदौ १८, २०८१

वीरगंज । नेपाल विद्यार्थी संघ पर्साले नारायणी अस्पतालको खराब अवस्थालाई सुधार गर्न माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

National medical suchna

ज्ञापनपत्रमा मधेस प्रदेशको प्रमुख स्वास्थ्य संस्था नारायणी अस्पतालमा नव नियुक्त निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट महम्मद ऐनामुल हकले पारदर्शिता र समन्वयको अभावमा मनोमानी तरिकाले कर्मचारीलाई हटाएको आरोप लगाइएको छ । 

आफ्ना पकेटका व्यक्तिलाई मनोमानि ढंगले विना नियुक्ति खटाइरहेको ज्ञापनपत्रमा आरोप लगाएको छ ।

यसैगरी ४७ कर्मचारीलाई तीन/चार महिनाको पारिश्रमिक नदिई हटाइएको र विकास समितिसँग कुनै समन्वय नै नगरी आफ्ना नजिकका ७ जनालाई नियुक्त गरिएकाले अस्पताल सुधारका लागी स्वास्थ्यमन्त्रीलाई गुहारेको छ । 

ज्ञापनपत्रमा गरिब र असहाय बिरामीहरूको सेवामा ठूलो असर परेको र अस्पतालका इमरजेन्सी, आइसियू, एनआइसियू, इको, ल्याब, र वार्ड लगायतका सेवाहरू ५० प्रतिशतसम्म अवरुद्ध भएको उल्लेख गरेको छ ।

सेवा अवरुद्ध हुँदा बिरामीहरूलाई प्राइभेट क्लिनिक र अस्पतालमा महँगो शुल्क तिर्न बाध्य बनाइएकाले तत्काल सुधार गर्न आवश्यक्ता रहेको जनाएको छ।

नेविसंघले नारायणी अस्पतालको जीर्ण अवस्थालाई सुधार गर्न र सर्वसाधारणको स्वास्थ्य सेवा प्रवाहमा आएको समस्याको समाधानका लागि तत्काल कदम चाल्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  २०:१९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय