सहकारी छानविन समिति :

संघीय मन्त्री गुप्तासँग संसदीय छानबिन समितिको छलफल

आइतबार, भदौ १६, २०८१

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको आइतबारको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गरेको छ ।

National medical suchna

समिति सभापति सूर्य थापाले दिएको जानकारी अनुसार संघ, प्रदेश र स्थानीय सरकारअन्तर्गत सञ्चालित सहकारीहरूको तथ्यगत विवरण प्राप्त गर्ने सम्बन्धमा आकस्मिक रूपमा छलफल र अन्तर्क्रिया भएको हो ।

बैठकमा मन्त्री गुप्तासहित मन्त्रालय सचिव भरतमणि सुवेदी‚ नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा, उपाध्यक्ष एवं प्रवक्ता पुरुषोत्तम कार्कीसँग छलफल भएको हो ।

‘बैठकले देशका ७५३ वटा स्थानीय तह तथा ७ वटा प्रदेशका अधिकारीहरूलाई यसअघि माग गरिएको विवरण गुगल फाराम भरी यथाशीघ्र ५ दिनभित्र उपलब्ध गराउन पुनः समय दिने, त्यसको संयोजन मन्त्रालयको तहबाट गरिदिन  मन्त्रीज्यू र सचिवज्यूलाई विशेष निर्देशन दिने निर्णय गरेको छ‚’ उनले भने ।

पाँच दिनपछि प्राप्त हुने विवरण प्रतिवेदनमा समेट्न नसकिने र माग गरिएको विवरण नपठाउने सरकारी अधिकारीलाई कानुनबमोजिम जिम्मेवार ठहर्‍याउने गरी आवश्यक निर्णय लिन छानबिन विशेष समिति बाध्य हुने उनले बताए ।

‘नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालको नेतृत्वलाई उक्त कार्यमा अत्यावश्यक सहजीकरण र समन्वय गरेर सहयोग पुर्याउन पनि अनुरोध गरिएको छ‚’ उनले भने ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  २१:४३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय