खेलकूद :

प्रथम क्रियटिभ जीतपुरसिमरा भेट्रान कप फूटबल प्रतियोगिता हुने

शुक्रबार, भदौ १४, २०८१

बारा । बाराको सिमरामा कार्तिक पहिलो सातादेखि प्रथम क्रियटिभ जीतपुरसिमरा भेट्रान कप फूटबल प्रतियोगिता हुने भएको छ।

National medical suchna

नव जनजागृति भेट्रान क्लबले कात्तिक ६ गतेदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो। 

४० वर्ष उमेर पुगेका खेलाडीले मात्रै सहभागिता जनाउन मिल्ने उक्त प्रतियोगितामा नेपाल र भारतका २० टिमले सहभागिता जनाउनेछन्। कात्तिक १० गतेसम्म हुने उक्त प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन्। 

प्रतियोगितामा विभागिय टिमसहित काठमाडौं, पोखरा, धरान, चितवन, हेटौंडा, झापा, सर्लाही, नवलपरासी, कटारी, वीरगन्ज, कलैया, पथलैया, डुमरवाना, खैर्वा, निजगढ, बगही र आयोजकका दुई टिमले सहभागिता जनाउने संयोजक एवम् क्लबका सचिव राम पाठकले जानकारी दिए।

त्यसैगरी भारतको पटनास्थित भेट्रान टिमले सहभागिता जनाउन इच्छुक देखाएको हुँदा समन्वय भइरहेको पाठकले बताए। 

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना हुने प्रतियोगितालाई कलैयास्थित क्रियटिभ वर्ल्ड डिजिटल प्रा.लिले मुख्य प्रायोजन गर्ने भएको छ।

आयोजक क्लब र क्रियटिभ वल्र्ड डिजिटलबीच प्रतियोगितामा सहकार्य गर्ने गरी सम्झौता समेत भएको छ। सम्झौतापत्रमा क्रियटिभ वल्र्डका अध्यक्ष कमलबाबु चौधरी र प्रतियोगिता संयोजक पाठकले हस्ताक्षर गरेका छन्। 

क्लबले यसअघि प्रतियोगिताको विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको थियो।

पत्रकार सम्मेलनमा मुख्य प्रायोजक डिजिटल वल्र्डका अध्यक्ष चौधरीले भेट्रान प्रतियोगितामा सहकार्य गर्न पाउँदा आफू उत्साहित रहेको बताएका छन्। 

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले भेट्रान फुटबललाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक रहेको बताए।

४० वर्ष पूरा गरेका व्यक्तिले खेल्ने यस खेलले समाजको हरेक पक्षलाई फाइदा पुग्ने वडाध्यक्ष श्रेष्ठले बताएका छन्। स्थानीय सरकारले यसलाई प्राथमिकतामा राख्न जरुरी रहेको वडाध्यक्षको भनाइ थियो। 

कार्यक्रममा मधेस प्रदेश फुटबल संघका कोषाध्यक्ष एवं नव जनजागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरीले खेलकुदको गतिविधिले सिमरा रंगशालालाई पूर्णता दिलाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

खेलकुदका गतिविधिलाई निरन्तरता दिन आवश्यक रहेको ठकुरीको भनाइ थियो।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय