समसामयिक :

इमान्दारिताका साथ सेवाग्राहीको कामलाई प्राथमिकता दिनु पर्नेमा मन्त्री गुप्ताको जोड

बिहीबार, भदौ १३, २०८१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले धेरै मानिसको भीडमा आफूले चिन्न सक्ने बनाउनुपर्ने बताए ।

National medical suchna

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ज्वाला खेल ललितपुरले आयोजना गरेको नेपाल प्रशासन सेवा , सामान्य प्रशासन समुहमा नौनियुक्त तृतीय श्रेणीका अधिकृतको ३८ औ आधारभूत प्रशासन प्रशिक्षणको दीक्षान्त समारोहमा मन्त्री गुप्ताले हामी सबै सामु परिचित हुन भेटघाट हुनै पर्छ भन्ने छैन  कामले सबैमा चिन्ने बन्नुपर्छ ।

दीक्षान्त समारोहमा १०५ जना शाखा अधिकृतलाई बधाई दिँदै उनले आफूलाई परीक्षण गर्न मौका पाएको त्यसको नतिजा पनि राम्रै हुने बताए । 

तालिमबाट प्राप्त ज्ञान र सीपलाई जनताको हितमा प्रयोग गर्न  साथै इमान्दारिताका साथ सेवाग्राहीको कामलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो ।

साथै वहाँले प्रशिक्षार्थीहरुलाई कसैको मोलाहिजा र प्रलोभनमा नपरी आफ्नो प्रतिभा , क्षमता र कार्यशैलीद्वारा छिटो र चुस्त सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिनुभयो । 

राष्ट्रको बारेमा चिन्ता गर्दै निजामती सेवामा अनुचित कार्यहरू नगरी कुनै प्रभाव र दबावमा नपरी साधन स्रोतको उच्चतम प्रयोगद्वारा राष्ट्रसेवा गर्ने जिम्मेवारी सम्हाल्न तयार रहनु पर्ने मन्त्री गुप्ताले बताए ।

मन्त्री गुप्ताले सकारात्मक सोच र आचरणलाई अनुसरण गरी सार्वजनिक जीवनका हरेक जिम्मेवारी उत्साहित र उत्प्रेरित रूपमा निर्वाह गर्दै र सार्वजनिक हितलाई केन्द्रबिन्दुमा राखी नागरिक र राष्ट्रको अपेक्षा अनुरूप नागरिक सन्तुष्टि प्राप्तिको लागि कर्म, धर्म र मर्मले आफ्नो जीवन सार्वजनिक सेवामा समर्पित गर्नुहुने भन्नेमा पूर्णरुपमा बिश्वस्त हुदै नवनियुक्त शाखा अधिकृतहरुको सफलता र उत्तरोत्तर प्रगतिको कामनासहित सबैलाई शुभकामना दिनुभयो  ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय