२१ प्रतिशत बढी राजस्व सङ्कलन

पर्सा ट्राफिकद्वारा ३ करोड ४२ लाख राजस्व सङ्कलन

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य
आइतबार, साउन ७, २०८०

वीरगन्ज। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०७९र८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारीसाधनमाथि कारबाही गरी आव २०७९र८० मा रु तीन करोड ४२ लाख ६५ हजार राजस्व सङ्कलन गरेको हो । यो अघिल्लो आव २०७८र७९ को तुलनामा २१ प्रतिशतले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाले जानकारी दिनुभयो ।

अघिल्लो आव २०७८र७९ मा सो कार्यालयले रु दुई करोड ८५ लाख २१ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो । ट्राफिक जाँचमा गरिएको कडाइका कारण यस आव २०७९र८० मा राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक थापाको भनाइ छ । यस्तै आव २०७९र८० मा पर्सा जिल्लामा भएको तीन सय ४७ सवारी दुर्घटनमा ३९ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९२ जना गम्भीर घाइते भएका छन् । अघिल्लो आव २०७८र७९ मा दुई सय ६० सवारी दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आव २०७९र८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चार सय ४८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा ६३ हजार दुई सय ३८ जनाको सहभागिता रहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय