समाचार प्रभाव :

सशस्त्रका घुमुवा कुटाई प्रकरण : सई सापकोटासहितको टोली तानेर डिएसपीलाई उन्मुक्ती

बुधबार, भदौ १२, २०८१

वीरगञ्ज,१२ भदौ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ नम्बर गण पर्साबाट सादा पोषाकमा खटिएका घुमुवा सशस्त्र प्रहरी कुटिएको प्रकरणमा सई लाई तानेर डिएसपीलाई उन्मुक्ती दिईएको छ ।

National medical suchna

सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हेडक्वार्टरले सशस्त्र प्रहरी कर्मचारी कुटिएको घटनालाई गम्भीरता पूर्वक लिदै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म अलौमा कार्यरत डिएसपी बाहेकका सबै सशस्त्र प्रहरी कर्मचारीलाई मधेश प्रदेश छिन्नमस्ता बाहिनीमा तानिए पनि डिएसपी विकास अधिकारीलाई भने उन्मुक्ति दिईएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ स्थीत बारवा गाउमा बिलविजक भएको माल समान पक्राउ गर्ने क्रममा गएको शनिवार राती सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका घुमुवाद्धय व्यापारीबाट कुटिएका थिए ।

बारवाका स्थानीय व्यापारीहरुले सिमामा सहजिकरन गरिदिन सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म अलौमा कार्यरत सशस्त्र प्रहरी नायव निरिक्षक सहदेव सापकोटा मार्फत गुल्मका डिएसपी विकाश अधिकारीलाई रकम बुझाएको दावी गरेका थिए ।

सशस्त्र प्रहरी नायव निरिक्षक सहदेव सापकोटालाई ३० हजार र डिएसपी अधिकारीलाई ५० हजार रुपैया सई सापकोटा मार्फत दिएको उनीहरुको दावी छ ।

डिएसपी अधिकारीकै आदेशमा सई सापकोटाले व्यापारीहरू संग रकम लिएपनि डिएसपी अधिकारीलाई उन्मुक्ति दिईएको छ ।

यस अघि पनी अलौकै एरियामा भन्सार बाट खटिएको सशस्त्र प्रहरीको टोलीले २८ लाखको भन्सार छलीको समान समाउदा डिएसपी अधिकारीलाई बाहिनी तानेर कार्यवाही गरेझै देखाएर ३ दिन पछी पुनः सोही ठाउ पठाएपछि उनको मनोबल बढेर तस्कर समुह संग सांठगांठ बढाएर तस्करीलाई बढावा दिएका छन । 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय