समसामयिक :

सशस्त्रका सईले रकम उठाए, माल समाउदा गणका घुमुवा कुटाई खाए !

सोमबार, भदौ १०, २०८१

वीरगञ्ज,१० भदौ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ नम्बर गण पर्साबाट सादा पोषाकमा खटिएका घुमुवा सशस्त्र प्रहरी कुटिएको खबर प्राप्त भएको छ ।

National medical suchna

वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ स्थीत बारवा गाउमा बिलविजक भएको माल समान पक्राउ गर्ने क्रममा गएको शनिवार राती सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका घुमुवाद्धय व्यापारीबाट कुटिएका हुन ।

बारवाका स्थानीय व्यापारीहरुले सिमामा सहजिकरन गरिदिन सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म अलौमा कार्यरत सशस्त्र प्रहरी नायव निरिक्षक सहदेव सापकोटा मार्फत गुल्मका डिएसपी विकाश अधिकारीलाई रकम बुझाएको दावी गरेका छन ।

सशस्त्र प्रहरी नायव निरिक्षक सहदेव सापकोटालाई ३० हजार, डिएसपी अधिकारीलाई ५० हजार रुपैया सई सापकोटा मार्फत दिएको उनीहरुको दावी छ ।

व्यापारीहरुले सशस्त्र प्रहरीलाई सहजिकरण गर्न रकम दिएपनि बिलविजक भएको कपालमा लगाउने निहार हेयर आयल समाउन खोजेपछी भएको वाद-विवाद कुटा कुटमा परिणत भएको बताईएको छ ।

उक्त वाद-विवाद पश्चात सशस्त्र प्रहरीले विल विजक भएको १ सय कार्टून निहार हेयर आयल पक्राउ गरेर ल्याएको थियो।

यस विषयमा बुझन् खोजदा सशस्त्र प्रहरी उपरिक्षक धिमालको मोबाईलमा सम्पर्क हुन सकेन । यता अलौ प्रस्तावित गुल्मका डिएसपी अधिकारीले भने भेटेर कुरा गर्ने भनेर धेरै बोल्न् चाहेनन् । 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  २०:४१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय