समसामयिक :

कालिकामाई तालबन्दी : समस्या समाधान नभए गापा अध्यक्षको घर घेराउ गर्ने चेतावनी

मंगलबार, साउन २९, २०८१

पर्सा । पर्साको कालिकामाई गाउँपालिकामा मंगलबार  तालाबन्दी भए पछि स्थानिय सरकारको सेवा ठप्प भएको छ ।

National medical suchna

गाउँपालिकाका बहुमत जनप्रतिनिधि तथा स्थानिय जनताले गाउँपालिका अध्यक्षको पथभ्रष्ट गतिबिधि बिरुद्ध ताला बन्दि गरेका हुन्  ।

करार मा रहेका स्वास्थ्यका कर्मचारी मध्ये राजनितिक आस्थाको आधारमा आठ जनाको  म्याद नथपिए पछि उनिहरु बिगत १० दिन देखि पालिकाको मुल गेटमा धर्ना दिदै आएका छन् ।

कार्यालयमा गापा अध्यक्ष र कर्मचारी आउन छोडेपछि समस्या समाधानका लागि दबाब दिन काग्रेस , एमाले र त्याहाका निर्बाचित जनप्रतिनिधि सहित स्थानिय बासिन्दाले पालिकाको गेटमा धर्ना र प्रदर्शन समेत गरेका छन् ।

प्रदर्शन पछि गापाकि उपाध्यक्ष राजमती देवी ,वडा अध्यक्ष सोनालाल चौरसिया,संजय कुमार पटेल र संजय कुमार साह लगायत बहुसंख्यक गाउँसभा सदस्य र समर्थनमा गाउँ गाउँबाट आएका सर्बसाधारणले तालाबन्दि गरेका छन्।

छिटो भन्दा छिटो पालिकामा पुगेर त्याहाको समस्या समाधान नगरे पालिकाका आम जनताले गापा अध्यक्षको घर घेर्ने कार्यक्रमका बक्ताहरुले चेतावनी समेत दिएका छन् ।

कार्यक्रममा निर्वाचित जनप्रतिनिधिका साथै त्याहा समर्थन गर्न पुगेका नेपाली काग्रेसका अजय कुमार पटेल,नेकपा एमालेका पवन तिवारी समाज सेवी अरमान खान् नेपाल सि.एम.ए. संघका जिल्ला अध्यक्ष जितेन्द्र प्रसाद साह लगायतले सम्बोधन गरेका थिए ।

बक्ताहरुले गा.पा. अध्यक्ष भागेर बिरगंजमा समस्याको समाधान खोज्नु भन्दा पालिकामा आई समस्या समाधान गर्न जोड दिएका छन् ।

उनीहरुले यो समस्या समाधान नगरी गा.पा. अध्यक्ष पन्छिन खोजे उनको घर घेराउ गर्ने चेतावनी समेत दिएका छन् ।

स्थानिय सरकार प्रमुखको नाताले बिद्धमान समस्याको मुख्य जिम्मेवार गा.पा. अध्यक्ष नै रहेको त्याहा बताईएको छ । 

बिगत नौ बर्ष देखि कार्यरत स्वास्थ्यका कर्मचारीलाई माघ महिनामा  निर्णय खडा गरी म्याद नथप्ने र उनीहरुको ठाउँमा गा.पा. अध्यक्षको पार्टीबाट चुनाव लडी पराजित भएकाहरुलाई प्रकृया पुर्याई नियुक्ती दिने गरीएको गोप्य निर्णय बाहिर आएपछि कर्मचारी आन्दोलित भएका छन् ।

म्याद नथपिएका कर्मचारीमा अधिकांश प्राबिधिक कर्मचारी रहेको र उनीहरुको कार्य सम्पादन मुल्याङ्कनमा ८०% भन्दा बढी नम्बर रहेको छ । उनीहरु स-सर्त अनुदानको बजेटबाट तलब खादै आएका छन् ।

आन्दोलन जारी भए पछि जनशक्ति अभावका कारण स्वास्थ्य संस्था सन्चालन गर्न समस्या भएको स्वास्थ्य चौकी ईन्चार्जहरु सार्बजनिक रुपमै यस अघि नै बताई सकेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय