समसामयिक :

संघीय प्रशासन मन्त्री गुप्ता र बेलायती राजदूत फेनबीच शिष्टाचार भेटघाट

मंगलबार, साउन २९, २०८१

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले आज मंगलबार शिष्टाचार भेट गरेका छन् ।

National medical suchna

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यालयमा भएको भेटमा दुई देशबीचको सदियौँदेखिको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको हो ।

मन्त्री गुप्ताले सरकारले विकास, नीति निर्माणमा युवाहरुको सहभागिता वृद्धि र दिगो विकासका लक्ष्यहरुको कार्यान्वयनका लागि प्राथमिकता दिएको बताए ।

राजदूत फेनले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लाग्न लागेकामा खुसी व्यक्त गर्दै नेपालको विकास, सुशासन र सङ्घीयताको सबलीकरणलगायत क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगको निरन्तरता रहने अवगत गराएका थिए ।

राजदूत फेनले नेपाली व्यवसायीलाई बेलायतमा वस्तु निर्यातका लागि थप सहजीकरण गर्ने पनि स्पष्ट पारेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  २१:३४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय