समसामयिक :

कालिकामाईको कर्मचारी आन्दोलनमा एमाले,कांग्रेस र बहुमत परिषद सदस्यको समर्थन

आइतबार, साउन २७, २०८१

पर्सा। कालिकामाई गाउँपालिकामा करारका कर्मचारीहरूको जारी आन्दोलनमा नेकपा एमाले,नेपाली कांग्रेस तथा गाउँपालिकाको उपाध्यक्ष सहित बहुमत परिषद सदस्यले एकबद्धता जनाएका छन ।

National medical suchna

बिगत ९ वर्षदेखि कामकाज गरिरहेका पालिकाको स्वास्थ्य संस्था अन्तर्गतका कर्मचारीहरूलाई हटाउनु पर्ने कुनै कारण नरहेकोले अविलम्ब म्याद थप गर्न नेकपा एमाले र नेपाली काग्रेसको पालिका समितीले मांग गरेको छ ।

२४ घण्टा भित्र म्याद थपनगरिए कडा आन्दोलनमा उत्रिने दुबै दलले छुट्टाछुट्टै विज्ञप्ति मार्फत चेतावनी दिएका छन ।

नेकपा एमालेकाे कालिकामाई पालिका कमिटी सचिव बिजयसाह गोढ द्वारा हस्ताक्षरित ध्यानाकर्षणमा पालिका अध्यक्षको अदुर्दशिता र अनुभवहिन कामले पालिकाको परिषद,बजेट तर्जुमा तथा जनताले पाउने सेवासुविधा प्रभावित हुनुको साथै पालिका भित्र भष्टाचार र बेथिति मौलाएको उल्लेख छ ।

पुराना कर्मचारी हटाएर नयाँ भर्ना गर्ने योजनाको एमालेले भर्त्सना गरेको छ ।

यसैगरि नेपाली कांग्रेसको कालिकामाई पालिका समितिका सचिव रामानन्द ठाकुर द्वारा हस्ताक्षरित विज्ञप्तिमा कर्मचारीहरूको मांग पूरा नगरेमा पार्टी बाट जनदबाब सृजनागरि साउन २९ गते देखि पालिकाको सम्पुर्ण कामकाज ठप्प गर्ने उल्लेख गरिएको छ । 

यसैबीच पालिकाको उपमेयर राजमती देवि,वडा नम्बर ३ का अध्यक्ष संजय पटेल,वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसिया,वडा नम्बर ४ का अध्यक्ष संजय साह लगायत बहुमत परिषद सदस्यले हस्ताक्षर गरि कर्मचारीहरूको म्याद थप गर्न आग्रह गरेका छन । 

कर्मचारीहरूको धर्नाको  ८ औ दिन पालिकाको मुख्य गेटमा एमाले र कांग्रेसका पालिका स्तरिय नेता,तथा परिषद सदस्य पुगेर भौतिकरूपमा एकबद्धता जनाएका थिए ।  

धर्ना बसेका कर्मचारीहरू बिगत ९ वर्षदेखि पालिका अन्तर्गत स्वास्थ चौकीको कार्यालय सहयोगीमा कार्यरत रहेका छन ।

अहिले सो ठाउँमा पालिका अध्यक्षले आफनो नजिकका व्यक्तिहरूलाई बहाल गर्ने नियतले पुराना कर्मचारीहरूको म्याद नथपेकोले बाध्य भई आन्दोलनमा उत्रिएको कर्मचारीहरूले बताएका छन ।

तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय बाट करिब ९ वर्ष अगाडि स्वास्थ्य चौकीको कार्यालय सहयोगीमा न्युक्ती लिएर काम गर्दै आएका कर्मचारीहरूलाई पालिका स्थापना भएपछि निरंतरता दिईएको थियो ।

आयोगबाट दरबन्दी कायम भएर नआए सम्म उनिहरूलाई निरंतरता दिने पालिकाको तत्कालीन बाेर्ड निर्णय गरि न्युक्ति दिएको थियो ।

तर अहिले कर्मचारी भर्ना गरि रकम उगाही गर्ने आफनो कार्यकर्ता भर्ना गर्ने उदेश्यले पालिका अध्यक्ष बशिष्ठ कलवारले पुराना कर्मचारी हटाउन सडयंत्रमा जुटेका छन । 

कर्मचारी हटाउने र राख्ने खेलमा अध्यक्ष कलवारले गलत नियत राखेको कारण पालिकाको परिषद समेत हुन सकेको छैन ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय