समसामयिक :

थारु समुदाय सम्बद्ध सम्पदाहरुको संरक्षण गर्ने मन्त्री गुप्ताको प्रतिवद्धता

बिहीबार, साउन २४, २०८१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ३० औं विश्व आदिवासी दिवसको सन्दर्भमा थारु समुदाय सम्बद्ध सम्पदाहरुको अध्ययन प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रममा थारु आयोग एक संवैधानिक आयोग रहेको बताएका छन् ।

National medical suchna

मन्त्री गुप्ताले यो आयोगको काम कर्तव्य तथा अधिकार विभिन्न ऐन नियम बमोजिम हुने कुरा बताउनु भएको छ ।

नेपालको पूर्वको झापादेखि पश्चिमको कञ्चनपुर जिल्लासम्म तराईको समथर भूभागमा मूलबासीको रुपमा रहेका १८ लाख भन्दा बढी जनसंख्या रहेको थारु समुदायको हकहित, अधिकार, सरंक्षण, सम्बर्द्धन एवम् विकासका लागि आयोगले यस मन्त्रालय मार्फत नेपाल सरकारलाई सिफारिस तथा सुझाव दिने कार्य समेत गर्दै आइरहेको कुरामा म स्पष्ट रहेको उहाँले बताउनु भएको छ ।

थारु आयोगले आयोजना गरेको ३० औं विश्व आदिवासी दिवसको कार्यक्रममा यस आयोगले ७ वटै प्रदेश भित्र पर्ने थारु समुदाय सम्बद्ध सम्पदाहरुको अध्ययन खोज अनुसन्धान गरी संगालोको रुपमा प्रतिवेदन प्रकाशन गरेकोमा आफूलाई खुसी लागेको पनि उहाँले बताउनु भयो ।

मन्त्री गुप्ताले भने विश्वास छ यो प्रतिवेदन आम थारु समुदाय लगायतको लागि अध्ययन अनुसन्धानकर्ताहरुको लागि अवश्य पनि ढोका खोल्नेछ भने आफू विश्वस्त रहेको बताएका छन् ।

सम्पदा मुलुकका अमूल्य नीधि र यसले भावी पुस्तालाई आफ्ना पुर्खाहरुको बारेमा बुझ्न मदत गर्दछ र संस्कृतिबाट संस्कारिता हुन् सम्पदा चाहिन्छ उनले भने ।

हाल जनसंख्या बढ्दै गयो गाउँ बस्ती बढ्दै गए र हिजोका सार्वजनिक सम्पदाहरु हराउन लागेको छ । थारु आयोगले थारु सम्पदाहरुको खोजी गरी आफ्ना पुर्खाहरुको सम्पदाहरूको संरक्षण गर्ने जमर्कोका साथ यी सम्पदाहरुको संगालो तयार गरेकोमा मन्त्री गुप्ताले आभार प्रकट गरे ।

थारु समु‌दाय सम्बद्ध सम्पदाको खोजबिन गरी त्यस्ता पुरातात्विक र ऐतिहासिक संरचना , वस्तु र स्थलहरू संरचना र सम्बर्द्धन गरी थारू समुदायको इतिहास र संस्कृतिको पहिचान हकहितको संरक्षण र सम्बर्द्धन गरी पुस्तकको रुपमा प्रकाशन गरेको यस प्रतिवेदन आकर्षक र खोजमूलक रहेको बताएका छन् ।

साथै मन्त्री गुप्ताले आफू सम्पर्क मन्त्रालयको मन्त्रीको हैसियतले संघ, प्रदेश र स्थानीयतहहरु मार्फत नेपाल सरकारलाई सिफारिस गरिने थारु समुदाय सम्बद्ध सम्पदाहरुको संरक्षण सम्बर्द्धन एवम् विकासको लागि सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाएका हुन् ।

मन्त्री गुप्ताले सम्पदाहरुको अध्ययन गरी प्रतिवेदन प्रकाशन गर्ने थारु आयोग र यसका अध्ययन अनुसन्धानकर्ता प्रति हार्दिक आभार प्रकट गर्दै साथै आयोगका अध्यक्षलगायत वहाँका सम्पूर्ण टिमप्रति समेत आभार व्यक्त गर्नु भयो ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय