समसामयिक :

आम नागरिकले सहज रूपमा शुद्ध खानेपानी पाउन गरी काम गर्न मन्त्री यादवको निर्देशन

मंगलबार, साउन १५, २०८१

काठमाडौँ। खानेपानी मन्त्री प्रदीप यादवले आम नागरिकले घर–घरमा सहज रूपमा शुद्ध खानेपानी पाउन सक्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

National medical suchna

खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा आज आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो निर्देशन दिनुभएको हो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हरेक नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा ल्याउनु पर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “म जनताको प्रतिनिधि हो, जनताको सपना बोकेर आएको छु, जनताले शुद्ध खानेपानी खाने सपना पुरा गर्न सबै मिलेर पुरा गर्नु पर्छ ।” यसै गरी उहाँले खाने पानीका क्षेत्रमा आवश्यक पर्ने बजेटका लागि आफूले पहल गर्ने बताउनुभयो । 

मन्त्री यादवले जलवायु परिवर्तन नेपालको खानेपानी क्षेत्रको लागि ठूलो चुनौती बन्दै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जल वायु परिवर्तनका कारण तराईका क्षेत्रमा चापाकल सुकेर पानी आउन बन्द भएको छ, बिचमा पानी परेको थियो पानी आउँथ्यो अहिले पानी आउन बन्द छ, जलवायु परिवर्तनसँग लडेर जनतालाई शुद्ध पानी खुवाउनु हाम्रो काम हो,” उहाँले भन्नुभयो, “खाने पानीका लागि आवश्यक पर्ने बजेटको जोहो म गर्छु, जनताले शुद्ध पानी खान पाउनका लागि काम गरौँ ।”

यसै गरी मन्त्री यादवले गरिब निमुखा तथा दिनभरि मजदुरी गरी पेट पाल्दै आएका नागरिकलाई कसरी शुद्ध खाने पानी वितरण गर्न सकिन्छ त्यो विषयमा ध्यान दिएर सबैले लाग्न समेत मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो ।

पहाड, तराई र हिमालमा पनि खानेपानीको समस्या रहेकाले हामी सबै मिलेर खाने पानीका समस्या समाधानका लागि एकजुट हुनु पर्ने समेत उहाँले निर्देशन दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  २१:५९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय