समसामयिक :

संघीय निजामती कर्मचारी ऐन २ महिना भित्र पारित हुने : मन्त्री गुप्ता

बुधबार, साउन ९, २०८१

वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती संघीय कर्मचारी ऐन २ महिना भित्र पारित हुने बताउनु भएको छ । 

नेकपा एमाले जिल्ला कमिटी पर्साद्वारा आयोजित शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले ८ वर्षदेखि विवादित हुँदै आएको संघीय निजामती कर्मचारी ऐन अबको २ महिना भित्र पारित गरिने बताउनु भएको छ । 

साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने सरुवालाई नियंत्रित गरी एक कार्यालयमा १ वर्षसम्म कामकाज गर्न ऐन पनि बनाइने बताउनु भएको छ ।

कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मंत्री प्रमोद जैसवाल , प्रदेश सभा सदस्य बिना शर्मा , जिल्ला कमिटी अध्यक्ष विशम्बर शर्मा , उपाध्यक्ष एवं छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन जिल्ला कमिटी सचिव महेश दासले गर्नु भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय