गुरु पूर्णिमा :

गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण

आइतबार, साउन ६, २०८१

वीरगंज । गुरु पुर्णिमाको अवसरमा आइतबार वीरगंजको अशोकवाटिका स्थित श्मसान घाट परिसरमा वृक्षारोपण गरिएको छ ।

National medical suchna

श्मसान घाट परिसरलाई हरियाली पार्कसहितको मनोरम बनाउन वृक्षारोपण गरिएको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो । 

वीरगंज महानगरपालिकाको आयोजना र साहिब दरबार वीरगंज र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहयोगमा विभिन्न जातका विरुवा रोपिएको हो । 

महानगरपालिकाले श्मसान घाटलाई स्तरोन्नती गर्दै परिसरलाई हरियाली बनाउन सौन्दर्यकरणको काम गरिरहेको छ ।  

यस्तै आइतबार नै वडा नं. २१ परवानीपुर स्थित श्मसानघाट परिसरमा पनि वृक्षारोपण गरिएको छ । 

वृक्षारोपण गर्दै महानगर प्रमुख सिंहले खाली जग्गा तथा घर वरपर हरियाली बनाइ राख्नका लागि बोट विरुवा रोप्न सबैलाई आह्वान गर्नुभयो ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय