समसामयिक :

महिलालाई उद्योग व्यापारमा प्रेरित गर्न वीरगंजमा प्रदर्शनी, मेयर सिंहले गरे उद्घाटन

शनिबार, साउन ५, २०८१

बीरगंज ५ साउन ।महिलाहरुलाई व्यापार तथा उद्यमक्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले आज वीरगंजमा वुमन क्रियशनको आयोजनामा व्यापार प्रदर्शनीको आयोजना गरिएको छ । 

National medical suchna

वीरगंजको दियालो लर्डस होटलमा आयोजित कार्यक्रममा महिलाद्वारा उत्पादित घरेलु हस्तकलाका सामाग्री,खाद्य सामाग्री,श्रृंगार सामाग्री, तयारी कपडा,इलेक्ट्रोनिक सामान, फाष्टफुडका बिभिन्न परिकार सहितका स्टलहरु गरी ७० वटा स्टल राखिएको छ । 

प्रदर्शनीको उद्घाटन गर्दै वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगंजको माटोको लागि केही गर्नु छ भने हामीसबै जुट्नुको बिकल्प नभएको बताउनुभएको छ । उहाँले राजनिती चुनावको बेला गरौं भन्नुहुदै अहिले वीरगंज बनाउने अभियानमा एक जुट भएर आफुलाई साथ दिन सबै बर्ग र समुदायलाई आग्रह गर्नुभयो । 

हिजोको वीरगंज र आजको वीरगंजमा आमुल परिवर्तन भएपनि आफु सन्तुष्ट नभएको बताउदै उहाँले असम्भवलाई सम्भव बनाउने अभियानमा आफु जुटेको हुदा यसकालागि नगरबासीको हौसल,मेहनत र प्रतिबद्धता आवश्यक रहेको कुरामा जोडदिनुभयो । 

नगरप्रमुख सिंहले समाजसेवा र व्यापारमा माडबारी समुदायका महिलाहरु खुलेर अगाडी आएको कुरामा जोडदिदै माडवारी समुदाय उद्योग व्यापारमा मेहनत र समर्पण भावले लागीपर्ने हुदा सफलता हात पारेको बताउनुभयो । 

उहाँले यो बर्ष वीरगंजबासीलाई धेरै कुराको उपहार दिने अभियानमा महानगर जुटेको दाबी गर्दै राम्रोलाई राम्रो, सहिलाई सहि र गलतलाई गलत भन्न नसक्दा वीरगंंजको विकासले गतिलिन नसकेको बताउनुभयो । 

नगरप्रमुख सिंहले राज्यलाइ १ खर्व ५८ अर्व राजश्वदिने वीरगंजलाई सरकारले उपेक्षा गरेकोमा दुखेसो व्यक्त गर्दै वीरगंजलाई राजश्व उठाउने केन्द्र मात्रै बनाईएको भन्दै गुनासो गर्नुभयो । 

कार्यक्रममा मधेस प्रदेश उद्योग बाणिज्य महासंघका अध्यक्ष अशोक टेमानीले प्रदर्शनीमा भारतबाट समेत स्टलहरु आएको र यो मेला अन्तर्राष्ट्रिय एक्स्पो को रुपमा स्थापीत भएको दाबी गर्दै महिलाहरुको सक्रियतामा प्रदर्शनीको आयोजना हुनुले वीरगंजका महिलाहरु सक्षम रहेको उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

कार्यक्रममा वीरगंज स्थित भारतीय महाबाणीज्य दुतावासका बाणिज्य दुत सन्जय कुुमारले वीरगंजमा झण्डै २ हजार पािरवार माडबारी समुदायको बसोबास रहेको र उनीहरु उद्योग,व्यापार र समाज सेवामा सक्रिय रहेकोमा खुशी व्यक्त गर्नुभयो । 

वुमन क्रियशन वीरगंजकी अध्यक्ष अन्जु रुंगटाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधब राजपाल, बरिष्ठ उद्योगपति अशोक बैद्य लगायतका उद्योगी व्यबसायीहरुको सहभागीता रहेको थियो । 

उद्घाटन कार्यक्रमपछि नगरप्रमुख सिंह लगायत वीरगंजका उद्योगी व्यबसायीहरुले प्रदर्शनी स्थलको अवलोकन गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  २२:०८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय