समसामयिक :

एनवाइईएफ वीरगञ्जले जित्यो उत्कृष्ट च्याप्टरको अवार्ड

शनिबार, साउन ५, २०८१

काठमाडौँ । नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगञ्ज च्याप्टर उत्कृष्ट च्याप्टरको अवार्ड प्राप्त गरेको छ ।

National medical suchna

काठमाडौँमा भएको नेपाल युवा उद्यमी मञ्चको २० औँ साधारण सभाको अवसरमा वीरगञ्ज च्याप्टरले उत्कृष्ट च्याप्टरको अवार्ड प्राप्त गरेको हो । 

कार्यक्रमका विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल र एनवाइईएफ एनजीसीकी अध्यक्ष सहारा जोशीले वीरगञ्ज च्याप्टरका निवर्तमान अध्यक्ष सन्दीप अग्रवाल लगायतलाई सामूहिक रूपमा अवार्ड प्रदान गरेका थिए । वीरगञ्ज च्याप्टरले यसअघि पनि विभिन्न अवार्ड तथा पुरस्कार प्राप्त गरिसकेको छ । 

उत्कृष्ट अवार्ड प्राप्त गरेपछि वीरगञ्ज च्याप्टरका निवर्तमान अध्यक्ष अग्रवालले आयोजकप्रति आभार प्रकट गरेका छन् ।

वीरगञ्ज च्याप्टरले गरेका काम र गतिविधिको मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको हुँदा यसले आगामी दिनमा अझै सक्रिय भएर काम गर्ने हौसला मिलेको उनले बताए । 

एनवाइईएफ वीरगञ्ज च्याप्टरका सम्पूर्ण टोलीको मेहनत, समर्पण र सहकार्यको भावनाको परिणाम स्वरूप अवार्ड प्राप्त भएको उनको बुझाई छ ।

औद्योगिक एवम् आर्थिक नगरी वीरगञ्जमा उद्यमशीलताको प्रवर्द्धन गर्न र युवालाई उद्यममा प्रेरित गर्ने कार्यमा सक्रिय पूर्वक काम गरिरहेको पनि उनले दाबी गरे । 

वीरगञ्ज च्याप्टरसँगै काठमाडौँ च्याप्टरले पनि उत्कृष्ट च्याप्टरको अवार्ड प्राप्त गरेको छ ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १०:०६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय