स्वर्गीय नरेश सर्राफ स्मृति

स्व. नरेश सर्राफ स्मृति अक्षयकोषमा महानगरद्वारा १० लाख प्रदान

शुक्रबार, साउन ५, २०८०

वीरगंज,५ साउन । अल्पायुममै निधन भएका वीरगन्जका पत्रकार स्वर्गीय नरेश सर्राफको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्साले स्थापना गरेको अक्षय कोषमा वीरगन्ज महानगरपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ ।

National medical suchna

शुक्रबार वीरगन्ज महानगरपालिकाको कार्यालय पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीलाई पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादव र मेयर राजेशमान सिंहले संयुक्त रुपमा १० लाख रुपैयाँको चेक प्रदान गरेका हुन् ।

शुक्रबारनै वीरगन्ज महानगरपालिकाले स्वर्गीय पत्रकार सर्राफकी छोरी श्रेया सर्राफको अध्ययन र भरणपोषणका लागि नगद ५ लाख रुपैया प्रदान गरेको छ ।

पत्रकार महासंघ पर्सा शाखाका सदस्य समेत रहेका ३८ वर्षिय सर्राफको गत मंसिर १५ गते हृदयतघात कारण निधन भएको थियो ।

सर्राफको निधन भएको १० औँ दिनको पुण्य तिथिमा गत मंसिर २५ गते आयोजित श्रद्धाञ्जली सभामा मेयर राजेशमान सिंहले गरेको घोषणा अनुसार शुक्रबार सर्राफकी छोरी श्रेयालाई ५ लाख रुपैयाँ र अक्षय कोषमा १० लाख रुपैयाँ प्रदान गरिएको हो ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय