समसामयिक :

सिमलताल पहिरोमा वेपत्ता भएका परिवारलाई मेयर सिंह भने : तपाईहरुको पीडामा हामी साथमा छौँ

बिहीबार, साउन ३, २०८१

वीरगंज । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको एन्जल बसमा सवार रहेका वीरगंजका ३ जनाका परिवारसँग वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले भेट गर्नु भएको छ । 

National medical suchna

तीनै जना वीरगंज महानगरपालिका वडा नं. १६ का रहेका छन् । उनीहरुको परिवारसँग मेयर सिंहले बुधबार बिहान भेट गर्नु भएको हो । 

पहिरोमा परि त्रिशुली नदीमा खसेको बसमा सोही बसका चालक वीरगंज १६ नगवाका जवाहिर महतो, बारा जिल्ला स्थायी घर भई नगवामा बसोबास गर्दै आएका चन्देश्वर पंडितका २२ वर्षीय छोरा अरविन्द पणित र नगवाकै नयाँ वस्तीका हरेन्द्र पणित रहेका थिए । 

नदीमा खसेको बस र यात्रुको खोजी कार्य चलिरहेको भए पनि उनीहरुलाई अहिलेसम्म फेला पार्न सकिएको छैन ।  

२ छोरा, १ छोरी र श्रीमती रहेका जवाहिरले रात्रि बस चलाएर जिविकोपार्जन गर्दै आएका थिए । घरको मूली (जवाहिर) नै नरहेपछि परिवार विचल्लीमा परेका छन् ।

चालकका परिवारसँग भेट गर्दै मेयर सिंहले बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरपालिकाले लिने बताउनुहुँदै जिविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगर तयार रहेको बताउनुभयो । 

यस्तै शिक्षण अस्पताल काठमाडौँबाट बीएससी नर्सिङ पूरा गरि सेवा अवधिका लागि पत्र बुझ्न हिँडेका अरबिन्द पणितका परिवारसँग भेट गर्दै मेयर सिंहले पीडित परिवारको साथमा आफू सँधै रहेको बताउनुभयो ।  

यस्तै नगवा नयाँ टोलका ४५ वर्षीय हरेन्द्र पणितको परिवारलाई पनि मेयर सिंहले भेट गर्नुभयो । काठमाण्डौमा फर्निचरको काम गर्दै आएका उनी पनि सोही बसमा गइरहेका थिए । 

भरतपुर महागनरपालिका वडा नं. २९ सिमलतालस्थित सडकबाट गएको असार २८ गते शुक्रबार बिहान ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३९००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस पहिरोसँगै बगेर त्रिशूलीमा बेपत्ता भएका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय