समसामयिक :

निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप यादवविरुद्ध प्रकाशित झूटा समाचारको खण्डन

बिहीबार, असार २७, २०८१

काठमाडौँ, २७ असार । निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवविरुद्ध अनलाइन समाचार पोर्टल "उकेरा डट कम" मा प्रकाशित समाचारमा गरिएको झूटा र आधारहीन आरोपप्रति मन्त्री यादवको सचिवालयले गम्भीर आपत्ति जनाउँदै खण्डन गरेको छ ।

National medical suchna

असार २४ गते प्रकाशित उक्त समाचारमा निवर्तमान मन्त्री यादवको कार्यकालमा सरुवा र बढुवाका क्रममा भ्रष्टाचार भएको आरोप लगाइएको थियो ।

मन्त्री यादवका स्वकीय सचिव निखिल बरनवालले सम्पादकलाई पठाएको पत्रमा समाचारमा लगाइएका आरोपहरू पूर्ण रूपमा झूटा, आधारहीन र प्रमाणविहीन रहेको बताएका छन् ।

निवर्तमान मन्त्री यादवले आफ्नो कार्यकालमा कुनै पनि किसिमको घूस नलिएको र समर्पित रूपमा आफ्नो जिम्मेवारी निर्वाह गरेको पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा लेखिएको छ, ‘मन्त्री यादवले आफ्नो कार्यकालमा स्वास्थ्य मन्त्रीको रूपमा पारदर्शिता र निष्पक्षताको साथ सबै सरुवा, नियुक्ति र पदस्थापनहरू कानुनी प्रक्रिया अनुसार नै गरेका थिए ।’

समाचारमा उल्लेख गरिएको घूस प्रकरणबारे कुनै प्रमाण प्रस्तुत नगरिएको र सम्पूर्ण आरोपहरू निराधार भएको स्पष्ट पारिएको छ ।

स्वास्थ्य सेवा सुधारका लागि निवर्तमान मन्त्री यादवले विभिन्न महत्त्वपूर्ण कामहरू गरेको पनि पत्रमा उल्लेख गरिएको छ ।

सरकारी अस्पतालहरूको निरीक्षण गरी त्यहाँका समस्या समाधान गर्न र गम्भीर बिरामीहरूको उपचारका लागि विशेष कदम चालेको पत्रमा जनाइएको छ ।

निवर्तमान मन्त्री यादवले जनताको विश्वास र समर्थनलाई ध्यानमा राख्दै काम गर्ने व्यक्ति भएको र यस्ता झूटा समाचारहरूले जनतालाई भ्रमित पार्न सक्ने भन्दै पुनः यस्ता निराधार समाचारहरू प्रकाशित नगर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय