सुरक्षा तथा अपराध :

सादा पोषाकमा घुमेर व्यापारी भेट्दै रकम असुल्दै सशस्त्रका सई !

बिहीबार, असार २७, २०८१

वीरगञ्ज । गृहमन्त्रालयले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई सादा पोसाकमा नखटाउन आदेश दिएपनि गृहमन्त्रालयको निर्देशन विपरित पर्सामा भने सशस्त्र प्रहरीले एकजना सईको नेतृत्वमा सादा पोसाकमा घुमुवा खटाएको भेटिएको छ । 

National medical suchna

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्सा मातहत रहेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावीत गुल्म अलौबाट एकजना सईको नेतृत्वमा सादा पोसाकमा घुमुवा खटाएर सिमानाकामा व्यापारीलाई भेट्दै रकम असुली गरिरहेको हाम्रो स्रोतले जनाएको छ । 

सादा पोषाकमा घुमने क्रममा हिजो मात्र उनले् अलौको शान्ती चौकमा एकजना भारतीय मोटरसाईलमा रहेका व्यापारी संग एउटा भट्टी पसलमा भेटेर रकम असुली गरेको हाम्रो स्रोतले जनायो ।

वीरगञ्ज मुख्य भन्सारमा सशस्त्रले व्यापक कडाई गरेपनि अहिले अलौ क्षेत्र भएर व्यपाक मात्रामा तस्करी भइरहेको छ र उक्त तस्करीमा व्यापारीलाई सहजिकरण सई सापकोटाले गर्ने गरेका छन ।

अलौ मुख्य नाका तथा कोनिया नाका भएर तस्कर समुहले भन्सारी छलीका लाखौ मुल्यका सामान ओसार पोसार गरिरहेका छन ।

अहिले यो नाका भएर कपडा, मोटरपार्टस, हार्डवेयर, भैसीं, आईसक्रिम बनाउन प्रयोग हुने केमिकल, बटर, कम्पयुटर पार्टस, चिनी, काजु लगाएतका समानहरुको व्यापक मात्रामा तस्करी भइरहेको छ ।

यो नाका भएर काम गर्ने जोकोही व्यापारीले पनि सई सापकोटालाई नभेटेर काम गर्न नस्कने स्थानीय एक व्यापारीले बताए ।

गएको ४ महिना अघिमात्र वीरगञ्ज मुख्य भन्सारमा रहेर डिएसपीलाई गुमराहमा राखेर अटो रिक्सामा अन्डर सेटिंमा कपडाको तस्करी गराएर भन्सार क्षेत्रमा बदनाम रहेका सई सहदेव सापकोटा अहिले अलौ क्याम्पमा गएर सादा पोषाकमा घुमेर व्यापारीलाई तस्करी गर्न सहज वातावरण बनाई दिएका छन ।

पर्सामा सशस्त्र प्रहरीले अन्य सिमानाकाहरुमा कडाई गरेपनि अलौ नाकामा भने खकुलो बनाएको छ ।

गृहमन्त्रालयको निर्देशन विपरित सादा पोषाकमा घुमने् सशस्त्रका सईलाई अब कस्तो कार्यवाही हुने हो त्यो हेर्न बाकी छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय