इन्डक्सन चुल्हो वितरण

जगरनाथपुर गापाद्वारा  पूजारीहरूलाई विद्युतीय इन्डक्सन चुल्हो वितरण

शुक्रबार, साउन ५, २०८०

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाले विभिन्न वडामा रहेका मठमन्दिरका पूजारी तथा साधुहरूलाई खाना पकाउने विद्युतीय इन्डक्सन चुल्हो वितरण गरेको छ ।

National medical suchna

बिहीबार गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले वडा नम्बर १ मा रहेको श्रीराम जानकी मन्दिर र शिव मन्दिर, वडा नम्बर ३ मा रहेको शिव मन्दिर र रामजानकी मन्दिर तथा वडा नम्बर ५ मा रहेको शिव मन्दिर र रामजानकी मन्दिरका पुजारी साधुहरूलाई १ / १ थान इन्डक्सन चुल्हो प्रदान गरेका हुन् ।

अध्यक्ष यादवले पालिकाकामा रहेका मठमन्दिरहरूमा बस्ने पूजारीहरूलाई आवश्यक पर्ने अन्य सामान पनि उपलब्ध गराउने भन्दै बाँकी रहेका वडाका मठमन्दिरका पूजारी तथा साधुहरूलाई पनि उक्त विद्युतीय चुल्हो वितरण गरिने बताए ।

चुल्हो वितरण कार्यक्रममा वडाध्यक्षहरू लक्ष्मी साह र सुभाष यादव, स्थानीय समाजसेवी लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय