समसामयिक :

लायन्स क्लबको पिभिएसटी स्कुलिङ्ग कार्यक्रम सम्पन्न

सोमबार, असार २४, २०८१

वीरगञ्ज । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको पिभिएसटी क्लब अफिसर्स स्कुलिङ कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ ।

National medical suchna

डिष्ट्रिक्ट ३२५ एसको एरिया ३ अन्तर्गतका रिजन र जोनमा पर्ने करिब ८५ जना क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई प्रशिक्षित गर्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको हो ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर एवं प्रमुख अतिथि लायन तासी डोल्मा तुम्बाहाम्फेले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ई का पुर्व डिष्ट्रिक्ट गभर्नर लायन अनन्त प्रसाद भेटवालले क्लब स्थापना भईसकेपछि इन्टरनेशनलबाट लिनु पर्ने सदस्यता, सदस्यहरुको अद्यावधिक, आर्थिक प्रतिवेदन, क्लबद्वारा सम्पन्न गरिएको कार्यक्रमहरुको रिपोर्टिङ्ग लगायत डिष्ट्रिक्टमा गर्नुपर्ने रिपोर्टिङ्गहरुका बारेमा जानकारी दिएका थिए ।

त्यसैगरि डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन विश्वनाथ खनाल, लायन बालकुमार पाण्डे र लायन बासु तिमिल्सिनाले क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुको काम, कर्तव्य र अधिकारका बारेमा प्रष्ट पारेका थिए ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस अन्तर्गतको एरिया नम्बर ३ का एरिया चिफ लायन श्याम गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त स्कुलिङ्ग कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन डि.एन. अग्रवाल, पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा. रमेश अग्रवाल,

भाईस डिष्ट्रिक्ट गभर्नर लायन राम बिहारी पाण्डे, डिष्ट्रिक्ट चिफ लायन उमेश शर्मा, डिष्ट्रिक्ट को–चिफ एडभाइजर लायन उमेश साह कानु लगायतका अतिथिहरुले स्कुलिङ्ग कार्यक्रममा सहभागि प्रशिक्षार्थीहरुलाई शुभकामना सहित स्कुलिङ्गको महत्वका बारेमा आफ्ना बिचारहरु व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन गौरी देवी चिमरियाले गर्नु भएको थियो ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १०:०६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय