समसामयिक :

बीरगंजमा जारी तीन दिने 'महिला पत्रकार क्षमता अभिवृद्धि तालिम' सम्पन्न

मंगलबार, असार ११, २०८१

बीरगंज। बिरगंज महानगरपालिकाको सहयोग र मिसन खोज मिडिया प्रा.लि.द्वारा आयोजित तीन दिने महिला पत्रकार क्षमता अभिवृद्धि तालिम आज समापन भएको छ।

National medical suchna

तालिममा महिला पत्रकारहरूलाई पत्रकारिताका विभिन्न पक्षहरुबारे प्रशिक्षण दिइएको थियो।

समापन कार्यक्रममा प्रमुख अतिथीका रुपमा बिरगंज महानगरपालिकाका आम सञ्चार माध्यम नियमन तथा प्रवद्धन समितिका संयोजक ध्रुव अधिकारी उपस्थित थिए। उनले यहाँ सिकेका सिप र ज्ञानले व्यावसायिक जीवनमा नयाँ दिशा दिने बताए।

तालिमका प्रशिक्षक निलिमा पौडेल र उज्जवल घिमिरेले भने यो तालिमले सहभागी महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न प्लेटफर्ममा समाचार संकलन, सम्पादन र प्रकाशनको क्षमता बढाएको बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष युवराज खडकाले आफ्नो विचार राख्दै तालिमको प्रभावकारिता र सहभागीहरुको उत्साहको प्रशंसा गरे।

खडकाले भने, यहांका महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न महानगरपालिकाले गरेको सहयोग प्रशंसनीय छ ।

तालिममा २० जना महिला पत्रकारहरू सहभागी रहेका थिए। सहभागीहरुले तालिमबाट प्राप्त ज्ञान र सिपलाई प्रभावकारी रुपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

तालिमको समापन समारोहको अध्यक्षता मिसन खोज मिडिया प्रालीका अध्यक्ष श्याम कुशवाहाले गरेका थिए।

अध्यक्ष कुशवाहाले तालिममा सहभागी महिला पत्रकारहरूलाई यहां सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्न अनुरोध गरेका थिए।

कार्यक्रममा वीरगंज महानगरपालिकाका सुचना शाखाका प्रमुख हरिओम चौधरी, निर्मला पौडेल लगाएत स्थानीय पत्रकारको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय