चामल निर्यातमा रोक

भारतले चामल निर्यातमा लगायो रोक

भारतको यस्तो निर्णयले नेपाल लगायतमा मुलुकलाई ठूलो धक्का लाग्ने छ
शुक्रबार, साउन ५, २०८०

वीरगञ्ज । भारतले चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो ।

National medical suchna

भारतको यस्तो निर्णयले नेपाल लगायतमा मुलुकलाई ठूलो धक्का लाग्ने छ । भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिना लगायतका चामल निर्यातमा रोक लगाइएको विभागको सूचनामा भनिएको छ । नेपालमा खाद्यान्नको प्रमुख स्रोतको रुपमा रहेको चामल भारतबाट आयात हुँदै आएको छ ।

आर्थिक वर्ष २०७९/८० को ११ महिनामा मात्रै नेपालले भारतबाट १४ अर्ब ४४ करोड रुपैयाँ बराबरको २० करोड ८९ लाख किलो मात्रै चामल आयात गरेको थियो ।

भारतमा कम मनसुनका कारण धान उत्पादन कम हुने र यसका कारण उत्पन्न हुनसक्ने देश भित्रकै खाद्यान्न अभावलाई रोक्न यस्तो निर्णय भएको दाबी भारतीय सञ्चार माध्यमको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय