अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपो मार्फत तरलता खिच्ने भएको छ । २६ असार मंगलबार राष्ट्र बैंकले रिभर्स रिपो मार्फत १४ दिनको लागि २० अर्ब तरलता खिच्ने भएको हो ।

National medical suchna

प्रणालीमा तरलता अधिक भएर अन्तर बैंक ब्याजदर करिब २ प्रतिशतमा झरेपछि रिभर्स रिपो मार्फत तरलता खिच्ने भएको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ७ प्रतिशत नीतिगत दर कायम गरेको राष्ट्र बैंकले भारित औसत अन्तरबैंक ब्याजदर नीतिगत दरभन्दा २ प्रतिशत भन्दा बढीले तल झरेमा रिभर्स रिपो र ३ प्रतिशत बिन्दु भन्दा बढीले घटेमा निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्ने बताएको थियो ।

अधिक तरलताको कारण भारित औसत अन्तर बैंक ब्याजदर २ प्रतिशत भन्दा तल झरेसँगै तरलता खिच्न लागेको हो ।

यसअघि १९ असारमा १० दिन अवधिको लागि रिभर्स रिपो मार्फत राष्ट्र बैंकले २० अर्ब तरलता खिचेको थियो । उक्त रिभर्स रिपोको अवधि नसकिदै पुनः अर्को रिभर्स रिपो मार्फत तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको २३ असारको तथ्यांक अनुसार बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८२.३१ प्रतिशतमा झरेको छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय