समसामयिक :

बीरगंजमा तीन दिने 'महिला पत्रकार क्षमता अभिवृद्धि तालिम' सुरु

आइतबार, असार ९, २०८१

वीरगंज । बिरगंजमा तीन दिने महिला पत्रकार क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।

National medical suchna

बिरगंज महानगरपालिकाको सहयोग र मिसन खोज मिडिया प्रा.लि. द्वारा आयोजित यो तालिम आजदेखि बिरगंजको होटेल बृन्दावनमा सुरु भएको हो। 

कार्यक्रमको प्रमुख अतिथि बिरगंज महानगरपालिकाको आम सञ्चार माध्यम नियमन तथा प्रवद्धन समितिका संयोजक ध्रुव अधिकारीले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए।

उद्घाटन समारोहमा बोल्दै संयोजक अधिकारीले बिरगंजमा महिला पत्रकारहरूको अवस्था न्युन रहेकोले पर्सामा महिला पत्रकारहरूलाई यो पेसामा टिकाई राख्न पनि समय समयमा यस्ताखाले तालिमहरूको आवस्यकता रहेको औंलयाउँनु भयो ।

पर्सेली महिला पत्रकारहरूलाई थप सशक्त तथा वहाहरूको क्षमता एवम दक्षता अभिवृद्धिका लागि महानगरपालिका सदैव सहयोग गर्न तैयार रहेको बताए। 

नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष युवराज खडकाले कार्यक्रममा सम्बोधन गर्दै पत्रकारहरुले पत्रकार आचारसंहितामा रहेर कलम चलाउनु पर्ने बताए। 

तालिममा पत्रकारिताका विभिन्न पक्षहरु, आधुनिक प्रविधिको प्रयोग, र यसका चुनौतीहरु बारे चर्चा गरिएको थियो। 

कार्यक्रममा पत्रकार अमित साह, प्रणय साह लगायत  ठूलो संख्यामा पत्रकारहरुको उपस्थिति रहेको थियो। तालिमको अध्यक्षता मिसन खोज मिडिया प्रा.लि.का अध्यक्ष श्याम कुशवाहाले गरेका थिए। 

यो तालिमले पत्रकारिताको क्षेत्रमा कार्यरत महिला पत्रकारहरुलाई आवश्यक सीप र ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ, जसबाट उहाहरु आफ्नो कामलाई अझ प्रभावकारी र जिम्मेवार बनाउन सकिन्छ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय