बीरगंजमा तीन दिने डिजिटल पत्रकारिता तालिम सुरु
वीरगंज । बिरगंजमा तीन दिने डिजिटल पत्रकारिता तालिम सुरु भएको छ।
बिरगंज महानगरपालिकाको सहयोग र द मधेश टाइम्स मिडिया प्रा.लि. द्वारा आयोजित यो तालिम आजदेखि बिरगंजको होटेल बृन्दावनमा सुरु भएको हो।
कार्यक्रमको प्रमुख अतिथि बिरगंज महानगर प्रमुख राजेशमान सिंहले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए।
उद्घाटन समारोहमा बोल्दै महानगर प्रमुख सिंहले बिरगंजमा पत्रकारिता क्षेत्रमा सुधारको आवश्यकता रहेको औंल्याउँदै पत्रकारहरुको हकहितका लागि महानगर सदैव तत्पर रहेको बताएका थिए।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले पनि कार्यक्रममा सम्बोधन गर्दै पत्रकारहरुले पत्रकार आचारसंहितामा रहेर कलम चलाउनु पर्ने बताए।
डिजिटल पत्रकारिता तालिमका प्रशिक्षक ओम प्रकाश खनालले डिजिटल पत्रकारिता सम्बन्धी महत्वपूर्ण प्रशिक्षण दिए।
तालिममा डिजिटल पत्रकारिताका विभिन्न पक्षहरु, आधुनिक प्रविधिको प्रयोग, र यसका चुनौतीहरु बारे चर्चा गरिएको थियो।
कार्यक्रममा बिरगंज महानगरका आम सञ्चार प्रवर्द्धनका संयोजक ध्रुब अधिकारी, पत्रकार अमित साह, लगायत ठूलो संख्यामा पत्रकारहरुको उपस्थिति रहेको थियो।
तालिमको अध्यक्षता द मधेश टाइम्स मिडिया प्रा.लि.का अध्यक्ष राम कुशवाहाले गरेका थिए।
यो तालिमले डिजिटल पत्रकारिताको क्षेत्रमा कार्यरत पत्रकारहरुलाई आवश्यक सीप र ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ, जसबाट उनीहरु आफ्नो कामलाई अझ प्रभावकारी र जिम्मेवार बनाउन सक्नेछन्।