समसामयिक :

रास्वपाले गर्यो पर्साको छिपहरमाई गाउँपालिकामा संगठन विस्तार

शनिबार, असार ८, २०८१

पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को छिपहरमाई गाउँपालिका भेला सफलतापूर्वक सम्पन्न भएको छ।

National medical suchna

रास्वपा पर्सा क्षेत्र नम्बर ४ का सभापति जितेन्द्र मिश्रको अध्यक्षतामा आयोजित भेलामा पार्टीका केन्द्रीय संगठन विभागका प्रमुख शंकर श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । 

क्षेत्रीय सभापति मिश्रको अध्यक्षतमा भएको कार्यक्रमले उमेश यादवको सभापतित्वमा ११ सदस्यिय पालिका कमिटी गठन गरेको छ ।

उक्त कमिटीको उप सभापतिमा वृजकिशोर यादव , सचिवमा मनबोध यादव , कोषाध्यक्षमा सनोज महतो लगायत चयन गरिएको क्षेत्रीय सभापति मिश्रले बताए । 

कार्यक्रम सम्बोधन गर्दै केन्द्रीय संगठन विभाग प्रमुख श्रेष्ठले  रास्वपाप्रतिको बढ्दो जनलहरले विपक्षी दलहरू अत्तालिएको उल्लेख गर्दै रास्वपाले प्रारम्भिक अवस्थामै प्राप्त गरेको जनविश्वास अकल्पनीय रहेको धारणा राखे।

श्रेष्ठले रास्वपाका हाल चार मन्त्रालय रहेको र आगामी निर्वाचनपछि एकल सरकार निर्माण हुने दाबी गरे। "सुशासन हाम्रो मूल मन्त्र हो," उनले भने, "भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध हामीले आवाज उठाइरहेका छौं।"

पर्सा संयोजक हरि पन्तले पनि पार्टीप्रतिको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्साका १४ वटै स्थानीय तहमा संगठन विस्तारलाई तिव्रता दिने जानकारी दिए।

पन्तले पार्टीसँग आबद्ध व्यक्तिहरूलाई सचेत भएर काम गर्न सुझाव दिँदै भने, "हामीले सुशासनको कुरा उठाइरहँदा हाम्रो काममा पनि प्रश्न उठ्न दिनुहुँदैन। त्यसैले तपाईहरू पनि पार्टीसँग जोडिएको हुँदा सचेत भएर काम गर्नुहोस्।

कार्यक्रम मै क्षेत्रीय सभापति मिश्रले पार्टिको राजनीतिक गतिविधिलाई क्रियाशिल बनाउन स्थानीय तह एवं वडा तहसम्म पुगेर संगठन निमार्णलाई तिव्र पारिएको बताए । 

साथै पार्टिले हालसम्म सञ्चालन गरेका गतिविधि, पार्टि सिद्धान्त, विचार लगायत मिशन ८४ का वारेमा प्रष्ट पनि पार्नु भएको थियो ।

मिश्रले  आफुहरु चित्र नभई चरित्र बदल्न आएको र आफुहरुलाई कार्यकर्ता नभई काम गर्ने मान्छे चाईएको भन्दै निर्वाचित सम्पुर्ण समितिलाई बधाई  दिएका थीए ।

पार्टीको नीति र सिद्धान्तलाई  ध्यानमा राखी असल नेतृत्व गर्दै उदाहरण प्रस्तुत गर्न आग्रह गरेका थिए ।

होटल तथा पर्यटन व्यवसायी संघ पर्साका महासचिव माधव बस्नेत पनि रास्वपामा प्रवेश गरे। उनलाई पनि पार्टीले आवश्यक जिम्मेवारी दिने पर्सा संयोजक पन्तले बताए । 

भेलामा मधेश प्रदेश शिक्षा विभाग प्रमुख शम्भु कँडेल, उपप्रमुख चन्द्रबहादुर पटेल, रास्वपा संगठन विभाग मधेश प्रदेशका उपप्रमुख प्रमोद रायमाझी लगायतले सम्बोधन गरेका थिए।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २१:४२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय