समसामयिक :

रास्वपाको मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुखमा पत्रकार सर्राफ नियुक्त

शनिबार, असार ८, २०८१

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश स्तरीय अभियान तथा प्रचार प्रसार विभागको प्रमुखमा वरिष्ठ पत्रकार राम कुमार सर्राफ नियुक्त भएका छन् ।

पर्साको मिर्जापुरस्थित एक विशेष कार्यक्रमका बीच रास्वपाका केन्द्रीय संगठन विभागका प्रमुख शंकर श्रेष्ठले सर्राफलाई पार्टीको मधेस प्रदेश स्तरीय अभियान तथा प्रचार प्रसार विभागको प्रमुखमा नियक्त गरिएको पत्र हस्तान्तरण गरेका हुन् ।

नियुक्ति पत्रमा सर्राफलाई मधेस प्रदेश स्तरीय अभियान तथा प्रचार प्रसारको विभागीय प्रमुखको जिम्मेवारी सुम्पिएको उल्लेख गरिएको छ । पत्रमा पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागका नियमावली एवम् कार्यविधि पालना गर्दै आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सदस्यहरूको कार्यक्षमतामा विश्वास राख्दै विभिन्न विभागहरूमा नेतृत्वको जिम्मेवारी दिनेक्रममा सर्राफलाई विभागको प्रमुखमा नियुक्त गरिएको रास्वपा पर्सा जिल्लाका संयोजक हरि पन्तले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शंकर श्रेष्ठले सर्राफलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै उनलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

सर्राफले पनि आफूलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक निभाउने प्रतिवद्धता व्यक्त गरे । नियुक्तिसँगै सर्राफले अब पार्टीका संगठनात्मक गतिविधिहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।

सर्राफ वीरगञ्जबाट सञ्चालित यात्राडेली डटकमका अध्यक्ष हुन् भने राष्ट्रिय फोटो पत्रकार महासङ्घका पूर्व मधेस प्रदेश प्रमुख पनि हुन् । विभिन्न सामाजिक गतिविधिमा समेत आबद्ध रहने सर्राफ सामुदायिक प्रहरी केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर-मुर्लीका अध्यक्ष पनि हुन् ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २१:०९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय