सुरक्षा तथा अपराध :

पर्सामा प्रहरीको 'डिजिटल स्मार्ट कन्ट्रोल रूम' सञ्चालन

शुक्रबार, असार ७, २०८१

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा डिजिटल स्मार्ट कन्ट्रोल रूमको उद्घाटन गरिएको छ ।

National medical suchna

पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले कन्ट्रोल रुमको उद्घाटन गरेका हुन् ।

दैनिक प्रहरी परिचालनलाई व्यवस्थित बनाउँदै कुनै पनि घटना तथा गतिविधिहरूलाई छिटो छरितो सम्बोधन गर्न स्मार्ट कन्ट्रोल रूमले सघाउ पुग्ने प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।

यसले अपराध रोकथाम, नियन्त्रण तथा शान्ति सुव्यवस्था कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । 

उनले भने, “यस डिजिटल कन्ट्रोल रूमको माध्यमबाट प्रहरीको गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न सकिनेछ, जसले गर्दा आपराधिक क्रियाकलापमा कमी आउनेछ र शान्ति सुव्यवस्था कायम रहन सहयोग पुग्नेछ ।

”स्मार्ट कन्ट्रोल रूमको स्थापना पछि जिल्लाका नागरिकहरूले तिव्र रूपमा प्रहरी सेवा प्राप्त गर्न सक्नेछन् ।

विभिन्न आधुनिक प्रविधिको प्रयोग गरी यो कन्ट्रोल रूमले प्रहरीको कार्यक्षमता वृद्धि गर्न र अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगोलले बताए ।

स्मार्ट कन्ट्रोल रूमको स्थापना सँगै पर्सा जिल्लाले नयाँ प्रविधिको प्रयोगद्वारा सुरक्षाको क्षेत्रमा एक महत्वपूर्ण कदम चालेको उनको दाबी छ । 

सो अवसरमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतको उपस्थिती रहेको थियो।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २२:०२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय