अपराध :

पर्सामा हात्तीका दुईवटा दारा सहित तीनजना पक्राउ

शुक्रबार, असार ७, २०८१

वीरगन्ज । पर्सा प्रहरीले हात्तीका दुईवटा दारा सहित तीनजनालाई पक्राउ गरेको छ ।

National medical suchna

विशेष सूचनाको आधारमा प्रहरीले पर्साको ठोरी गाउ“पालिका ४ स्थित गोरखपुर टोलमा शुक्रबार विहान करिब ६ बजेको समयमा २१/२१ केजी तौल भएको दुईवटा हात्तीको दारा बरामद गरेको हो ।

प्रहरी नायव उपरीक्षक दिपक भारतीका अनुसार ठोरीको गारेखपुर टोलमा हात्तीको दारा बिक्री भइरहेको सूचना आएपछि प्रहरी टोली परिचालन गरिएको थियो ।

स्थानीय चन्द्र परियारको खेतमा खाल्डो खनी राखिएको अवस्थामा दुईवटा दारा बरामद भएको प्रहरी प्रवक्ता समेत रहेका भरतीले जनाए ।

दारा ओसारपसार र बिक्रीमा संलग्न रहेको आरोपमा प्रहरीले ठोरीको विजयवस्ती गुम्बालाइन निवासी ४१ वर्षीय कुइसंग लामा, वीरगन्ज महानगरपालिका १४ निवासी प्रेम शर्मा र वीरगन्ज ३१ निवासी अमिरीलाल महतोलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला डिभिजन वन कार्यालयको समन्वयमा प्रहरीले थप अनुसान्धान थालेको डीएसपी भारतीले जनाए ।

प्रहरीले उनीहरुको साथबाट नेपाली ५० रुपैयाको नोटमा सूचना स्वरुप मिति लेखिएको भिडियो र फोटो समेत बरामद गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय