समसामयिक :

नेशनल इन्फोटेक कलेजमा रक्तदान कार्यक्रम सम्पन्न, ८१ पोइन्ट रगत संकलन

शुक्रबार, असार ७, २०८१

वीरगञ्ज । विश्व योग दिवसको अवसरमा नेसनल इन्फोटेक कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

National medical suchna

कार्यक्रममा १० महिलासहित ८१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । 

कलेजका प्रबन्ध निर्देशक एवम् प्रिन्सिपल मनिष सिंहले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कलेजका लेखा निर्देशक काजल सिंह, युवा नेता सुधीर पटेल, युवा नेता महमद निजाम लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा रामकिशोर (आरके) शर्मा, सुधीर पटेल, श्याम राम, मुकेश यादव, बिकेश कुमार यादव, मुस्कान श्रेष्ठ, अस्मिता चौधरी, अंकिता यादव, कोशिकुमारी, प्रीति कुमारी, साक्षि गुप्ता, तानिया खातुन, रितिका शाह, मुक्ती नेपाल, सीता जैसवाल, रितु कर्ण, महमद अब्दुल वहिद, यवुराज पाण्डे, नाजिर हुसेन, राहुल पासवान, हैदर अली लगायतले रक्तदान गरेका हुन् । 

रक्तदान गर्ने सबैलाई कलेजका प्रबन्ध निर्देशक मनिष सिंह, लेखा निर्देशक काजल सिंहले प्रमाण पत्र प्रदान गरेका थिए ।

वीरगञ्जमा बढ्दै गएको रगतको मागलाई परिपूर्ती गर्ने प्रयासस्वरुप रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रबन्ध निर्देशक सिंहले बताए ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय