समसामयिक :

पत्रकारिताको जग बलियो बनाउन महानगर सहयोग गर्न तयार छ : मेयर सिंह

बिहीबार, असार ६, २०८१

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पर्सेली पत्रकारिताको जग बलियो बनाउन महानगर जहिल्यै पनि सहयोग गर्न तयार रहेको बताउनुभएको छ । 

National medical suchna

आजदेखि सुरु भएको तीन दिने आम संचारकर्मीलाई क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्नुहुँदै उहाँले पत्रकारको क्षमताबृद्धिका लागि सहयोग गर्न आफूहरु जहिल्यै तयार रहेको बताउनुभएको हो । 

मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको भन्दै उहाँले वीरगंजको पहिचान बृद्धि गर्ने गरि समाचार सामग्री पस्कन पनि सबैसँग आग्रह गर्नुभयो । 

कसैको व्यक्तिगत जीवनमा पसेर उसको चियो चर्चो गर्नुभन्दा समाज र सामाजिक समस्यालाई उठान गर्न पत्रकारहरु लागि पर्नु पर्नेमा पनि उहाँले जोड दिनुभयो । 

काम गर्दा त्रुटी भए सुधार गर्न आफू जहिल्यै पनि तयार रहेको भन्दै उहाँले गरेका काममा खोँचे थाप्नु भन्दा त्रुटी औंल्याएर सच्चिने बनाउन पत्रकारहरुले कलम चलाउनु उचित हुने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र किशोर झाले अहिले राम्रा र मेहनती पत्रकारको खाँचो रहेको बताउनुभयो । 

संचारकर्मीको काम सही बाटो देखाउने रहेको भन्दै उहाँले कहिल्यै पनि बिरोधी जसरी प्रस्तुत हुन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संचारकर्मीको काम बाटो देखाउने हो, बिरोधीको रुपमा प्रस्तुत हुने होइन, बरु समालोचक बन्ने हो ।’

कार्यक्रममा पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारीले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि महानगरले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।  

कार्यक्रममा महानगरपालिकाको आम संचार प्रवद्र्धन समितिका संयोजक ध्रुब अधिकारीले पर्सेली पत्रकारितालाई मजबुत बनाउन महानगरपालिकाले ठूलो लगानी गरिरहेको बताउनुभयो ।

पत्रकारको क्षमता अभिबृद्धि, ज्येष्ठ पत्रकार पेन्सन योजना, पत्रकार विपत्त कोष, लोककल्याणकारी विज्ञापन वितरण तथा अन्य विभिन्न कार्यक्रम संचालन गरेर यहाँका पत्रकारहरुलाई मजबुत बनाउने काम महानगरले गरिरहेको बताउनुभएको हो । 

मधेस खबरका संचालक क्रान्ति साहको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन श्याम सर्राफले गर्नुभएको थियो भने स्वागत संचारकर्मी माधुरी महतोले गर्नु भएको थियो । 

मधेस खबर मल्टिमिडिया प्रा.लि.को आयोजनामा सुरु भएको प्रशिक्षण कार्यक्रममा यहाँका विभिन्न संचारमाध्यममा कार्यरत २५ जना संचारकर्मीको सहभागिता रहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय