राजनीति :

आरमान खॉले गरे जसपा नेपाल परित्याग

बिहीबार, असार ६, २०८१

पर्सा। कालिकामाई गाउपालिको जनता समाजवादी पार्टी नेपालका नेता आरमान खांले जसपा परित्याग गरेको जनाएका छन ।

बुधवार खांले प्रेस विज्ञप्ती प्रकाशीत गरि जसपा परित्यागको घोषणा गरेका छन ।

राजनैतिक रुपमा जसपा संग आबद्धभई कालिकामाई गांउपालिकाको विकाश र समाजिक रुपान्तरणको कार्यलाई अगाडी बढाउने परिकल्पना गरेको  तर पछिल्ला समयमा जसपा नेपाल केन्द्र देखी स्थानिय तह समेतमा जनभावना विपरित कार्य गरिरहेको हुदा यस पार्टीबाट जनताको परिकल्पना पुरा नहुने निश्चीत देखिएको पछि  यसपार्टी संग आजैको मितिबाट कुनै आबद्धता नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पार्टी आस्था विचार, विधि पद्धतीबाट चलने संस्था हो तर सत्तामा पुगेपछि  त्यस्को वेवास्ता गर्दै आफनो स्वार्थ र मनोमानी ठंगले सतालाई प्रयोग गरेको हुदा यसपार्टीबाट छुटिन बाध्य भएको आरमान खॉले जनाएका छन ।   

राजनैतिक समाजिक कर्म क्षेत्र कालिकामाई गाउपालिकामा पाटीलार्ई बहुमतका साथ निर्वाचित गराउन अपार मेहनत गर्नु पर्यो तर सत्तामा पुगेपछि कालिकामाई गाउपालिकाको जनअपेक्ष्ाँलाई समेत वेवास्ता गर्दै हुकुमी शैलीमा विधीपद्धती समेतको ख्याल नगरि अराजनैतिक तवरबाट कार्यहरु भइरहेकोले आफु जसपा परित्याग गरेको र आउदा दिनमा जनताको सल्लाह अनुसार नया ठंगले विधि र संगाठनिक रुपमा जनताको पक्षमा लागने प्रतिबद्ध रहेको खॉंले जनाएका छन ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १०:०३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय