लागुऔषध :

प्रतिबन्धित लागुऔषध सहित वीरगञ्जबाट तीन जना पक्राउ

बिहीबार, असार ६, २०८१

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटस्थित सडकखण्डबाट प्रहरीले तिनैजनालाई पक्राउ गरेको हो। 

National medical suchna

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका २ निवासी २० वर्षीय अनुप थापा क्षेत्री, सोही ठाउँका २० वर्षीय सरोज राना मगर र बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ निवासी २० वर्षीय कुशल मगर रहेका छन ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले नियमित चेकजाँच गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

तीन जनालाई रोकि खानतलासी गर्दा, अनुप थापा क्षेत्रीले बोकेको रातो झोलाभित्र लुकाईछिपाई राखिएको प्रतिबन्धित लागुऔषध डाईजेपाम, फेनारगन, र नुरफिन ४०÷४० एम्पुल बरामद भएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । 

पक्राउ परेका तिनैजनालाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०९:४५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय