समसामयिक :

वीरगंज महानगर पुर्वाधार विकाश समितीको संयोजकमा मनोज यादव मनोनित

बिहीबार, असार ६, २०८१

वीरगञ्ज । वीरगंज महानगरपालिकाको पुर्वाधार विकाश समितीको संयोजकमा वडा नम्बर ३० का वडा अध्यक्ष मनोज कुमार यादवलाई मनोनयन गरिएको छ ।

National medical suchna

वीरगञ्ज महानगरपालिकाको २०७९ जेष्ठ ३१ गते बसेको बैठकले यादवलाई पुर्वाधार विकाश समितीको संयोजकमा मनोनयन गरिएको मेयर राजेशमान सिंहले बताए ।

संयोजक यादवलाई सुम्पिएको जिम्मेवारी सफलता पुर्वक निर्वाह गर्न उनले बधाई समेत दिए ।

पुर्वाधार विकाश समितीको सदस्यमा वडा नम्बर १३ का वडा अध्यक्ष हिरा गिरी र वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्तालाई जिम्मेवारी दिइएको छ । संयोजक यादव वडा नम्बर ३० मा लोकप्रिय युवा नेता हुन ।

उनले आफनो वडा एरियामा विभिन्न विकाश निर्माणको कामको साथ साथै समाजिक क्षेत्रका हरेक कार्यमा हातेमालो गरेर काम गर्ने युवा नेता हुन ।
 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय