सुरक्षा तथा अपराध :

क्याम्पस प्रमुख हत्या प्रकरणमा शंकास्पद दुई व्यक्ति पक्राउ

शनिबार, असार १, २०८१

वीरगञ्ज । बाराको राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहार गरी हत्या गरिएको प्रकरणमा प्रहरीले दुई जना शंकास्पदलाई पक्राउ गरेको छ ।

National medical suchna

पक्राउ पर्नेको संलग्नता यकिन गर्ने काम भइरहेको भन्दै प्रहरीले नाम खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख महेन्द्र खडकाले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पुष्टि गरेका छन् ।

शुक्रबार साँझ ५ बजेतिर कुशवाहामाथि मोटरसाइकलमा आएको तीन जनाको समूहले गोली प्रहार गरेको थियो । गम्भीर घाइते उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, जग्गा कारोबार सम्बन्धी विवादमा हत्या भएको हुनसक्ने आशंका गरिएको छ । गोली प्रहारमा संलग्नहरु मृतकको चिनजानकै व्यक्ति हुनसक्ने प्रहरी अधिकृतहरु बताउँछन् ।

संलग्नहरुको लगभग पहिचान भइसकेको जनाउँदै कुशवाह हत्या प्रकरणमा चाँडै नतिजा आउने एक अनुसन्धान अधिकृतले दाबी गरे ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय