अनुगमन :

अनुमति विना संचालित महानगरको ५ वटा विद्यालयमा सिलबन्दी

मंगलबार, जेठ २९, २०८१

वीरगंज। वीरगंज महानगरपालिकाले नगर क्षेत्रमा अनुमति विना संचालित विभिन्न ५ वटा विद्यालयमा मंगलबार सिलबन्दी गरेको छ । 

सिजी एजुकेशनद्वारा संचालित दिल्ली पब्लिक स्कुलको पूर्व प्राथमिक तह (मन्टेश्वरी) कक्षा 
निनोस वीरगंजको नामबाट वीरगंज महानगरपालिका वडा नं. १२ मुर्ली बगैचामा अनुमति बिना अभेध रुपमा संचालन भइरहेको पाइएकाले सिलबन्दी गरिएको छ।

वीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीमा २०५७ सालदेखि अबैध रुपमा संचालन गरिरहेको सिटिजन पब्लिक स्कुल र २०७५ देखि संचालित ए.एस. नलेज एकेडेमीमा सिलबन्दी गरिएको हो।

वडा नं. १८ भवानिपुरमा संचालित सुरज एकेडेमी अनुमति विना नै संचालनमा रहेकोले सिलबन्दी गरिएको छ।

यस्तै अनुमति भन्दा बढी कक्षा संचालन गरेको वडा नं. १८ भवानीपुरकै बुद्ध एकेडेमीमा पनि सिलबन्दी गरिएको छ।

वीरगंज महानगरपालिकाको शिक्षा समितिको अनुगमन समितिका संयोजक ईश्वरचन्द्र यादव,
महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछाने, नगरप्रमुख सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल एवं संचारकर्मीको सहभागीतामा अबैधरुपमा संचालित विद्यालयमा सिलबन्दी गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय