वीरगञ्जमा पानीको समस्या

वीरगञ्जमा देखिएको पानीको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग सांसद यादवको माग

खानेपानी मन्त्रीले जनाए प्रतिबद्धता
बिहीबार, साउन ४, २०८०

वीरगञ्ज । वीरगञ्ज र यस आसपासका क्षेत्रमा केहीदिन यता चापाकलहरू सुकेर खानेपानीको समस्या भएपछि यस बारे पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादवले सरकारको ध्यानाकर्षण गराएका छन् ।

National medical suchna

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतकसमेत रहेका यादवले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भेटेर वीरगञ्जमा निम्तिएको  खानेपानीको भयावह स्थिति बारे ध्यानाकर्षण गराएका हुन् ।

त्यस क्रममा पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले वीरगञ्ज र यस आसपासका क्षेत्रमा केही दिन यता चापाकल लगायतका पानीको प्राकृतिक श्रोत सुक्दै गएपछि खानेपानीको लागि समेत भयावह स्थिति उत्पन्न भएको प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए ।

वीरगञ्जमा देखिएको पानीको समस्या समाधानका लागि सरकारका तर्फबाट तत्कालै पहल थाल्न उनले प्रधानमन्त्री प्रचण्डसँग आग्रह पनि गरे ।

लगत्तै प्रधानमन्त्री प्रचण्डले सङ्घीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवलाई आफ्नो कार्यकक्षमा बोलाएर वीरगञ्जमा देखिएको पानीको समस्या समाधानका लागि तत्काल कदम चाल्न निर्देशन दिएको सांसद यादवले जानकारी दिए ।

प्रधानमन्त्रीको निर्देशनअनुसार खानेपानी मन्त्री यादवले पनि वीरगञ्जमा देखिएको खानेपानीको समस्या छिटो भन्दा छिटो समाधानका लागि मन्त्रालयले मातहतका निकायहरूलाई तत्कालै काम अगाडि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएको सांसद यादवले बताए ।

जनस्तरको आवाज सरकारसम्म पुर्‍याउन सांसद यादवले समय समयमा अबाज उठाउँदै आएका छन् । केही दिन अगाडि मात्रै उनले पर्सा र मधेश प्रदेशका कृषकहरूले भोगिरहेको समस्याको बारेमा संसद्लाई जानकारी गराउँदै सिँचाइको व्यवस्थापन गर्न माग गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय