स्वास्थ्य क्षेत्र :

स्वास्थ्य संस्थाहरूमा सुधारको लागी निरन्तर अनुगमन गर्दै स्वास्थ्य मन्त्री यादव

आइतबार, जेठ २७, २०८१

वीरगंज। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आज काठमाडौँका दुई प्रमुख स्वास्थ्य संस्थाहरूको अनुगमन गर्नुभएको छ ।

National medical suchna

उहाँले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भ्रमण गरी त्यहाँका गतिविधि र समस्याहरूको बारेमा जानकारी लिनुभयो ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निरीक्षणका क्रममा मन्त्री यादवले केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठसँग केन्द्रको हालसम्मको कार्य प्रगति, चुनौती र कठिनाइहरूको बारेमा विस्तृत जानकारी लिनुभयो ।

डा. श्रेष्ठले छातीरोग अस्पताल सञ्चालनमा आउन नसकेको कारण बजेट अभाव र आवश्यक जनशक्ति दरबन्दी यकिन नहुनु रहेको बताउनुभयो ।

औषधि तथा कार्टेजको पर्याप्त भण्डारणका लागि बजेट अभाव रहेको र प्रत्येक प्रदेशमा डिआर रेफरल सेन्टर स्थापना तथा सञ्चालनका लागि पनि बजेट अपर्याप्त रहेको उहाँको भनाइ थियो ।

मन्त्री यादवले छातीरोग अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, "बाकी रहेका कामहरू सम्पन्न गर्दै अस्पताल सञ्चालनको प्रक्रिया सुरु गर्नुहोस्, बजेट व्यवस्थापन मेरो जिम्मामा छ ।"

त्यसै गरी, मन्त्री यादवले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको पनि अनुगमन गर्नुभयो । उहाँले त्यहाँ उपचाररत बिरामी, कुरुवा, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूसँग छलफल गरी केन्द्रका गतिविधि र समस्या बुझ्नुभयो ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रको वार्षिक कार्य प्रगति र भवनको साँघुरोपनले सेवा प्रवाहमा आइरहेका समस्याहरूको बारेमा मन्त्रीलाई जानकारी गराउनुभयो ।

मन्त्री यादवले केन्द्रले गरिरहेको कार्यको प्रशंसा गर्दै, समस्याहरू समाधान गर्न मन्त्रालयबाट आवश्यक कदम चाल्ने र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाउनुभयो ।

उहाँले दुवै केन्द्रमा रहेका पूर्वाधार र प्राविधिक आवश्यकताहरू पूरा गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २१:०८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय