खेलकूद :

जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी युनिट युवा क्लबलाई

शनिबार, जेठ २६, २०८१

वीरगन्ज । वीरगन्जमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको  उपाधी युनिट युवा क्लब श्रीसियाले उचालेको छ । 

National medical suchna

पर्सा जिल्ला फुटबल संघको आयोजनामा भएको  प्रतियोगितामा भेट्रान्स सिटि क्लब वीरगन्जलाई युनिट युवा क्लबले ३-२ गोलअन्तरले पराजित गरेको हो । 

आदर्शनगर खेल मैदान भएको फाइनल खेलमा खेलको ८ औं मिनेटमा भेट्रान्स सिटि क्लबका रवि चौधरीले पहिलो गोल गरे । 

सुरु देखि रोमाञ्चक बनेको खेलमा भेट्रान्स सिटि क्लबका खेलाडीले आफैले आत्मघाती गोल गरेर बराबरीमा पुर्याए । युनिट युवा क्लबका खेलाडी २५ औं मिनेटमा सुनिल गुरुङले आफ्नो टिमको लागि दोस्रो गोल गरेका हुन् । 

दोस्रो गोल गरेको युनिटी युवा क्लबले खेलको २६ औं मिनेटमा दोस्रो गोल खाएको हो । उक्त गोल भेट्रान्स सिटि क्लबका रवि चौधरीले गरे । 
दुई - दुई गोलको बराबरीमा पुगेको खेलमा २९ औं मिनेटम युनिटी युवा क्लबका रेमन डंगोलले गरे । आजको खेलमा म्यान अफ दि म्याद युनिटि युवा क्लबका रेमन डंगोलले घोषित भए । 

लिगका विजेता र उपविजेता टिमले शिल्ड ,मेडल र प्रमाणपत्र पाएका थिए । पर्सा जिल्ला फुटबल संघ पर्साका अध्यक्ष रोसन कलवारको अध्यक्षता भएको समापन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह

अखिल नेपाल फुटबल संघ मधेस प्रदेशका महासचिव दिपक साह,नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव, भेट्रान सिटि क्लब वीरगन्जका अध्यक्ष सबिन बस्नेत , उपाध्यक्ष सागर राणा, लगायतकाहरुको सहभागिता रहेको थियो । 

कार्यक्रमको सहजीकरण पर्सा जिल्ला फुटबल संघका महासचिव बिनोद परियारले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष पंकज श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय