राजनीति :

सतिशकुमार सिंह मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त

शुक्रबार, जेठ २५, २०८१

वीरगंज– जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिँह मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका छन् । 

National medical suchna

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत सदस्यको समर्थन दाबी पेश  गरेपछि सिंहलाई  मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

जसपा नेपालको संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीका रूपमा प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि बुधबार प्रदेश प्रमुख सुवेदीले शुक्रबार १० बजेको समय सीमा तोकी संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्ति प्रयोजनका आह्वान गरेकी थिइन् । 

सिंहको नेतृत्वमा सरकार गठनका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ५५ सदस्यको समर्थनसहित आजै बिहान दाबी पेस गरिएको छ । 

सिंहले आजै १२ बजे मुख्यमन्त्रीको रूपमा सपथ ग्रहण गर्ने छन् ।

उनको नेतृत्वमा बन्ने सरकारमा एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन नेकपा एसलाई कृषि, उर्जा तथा सिंचाइ, १-१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको  छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय