लोकसभा निर्वाचन :

भारत मत सर्वेक्षण : मोदीले ह्याट्रिक जित हासिल गर्ने निष्कर्ष

आइतबार, जेठ २०, २०८१

वीरगञ्ज । भारतको लोक सभा चुनावको मतगणना सुरु हुनु अगाडि मत सर्वेक्षण (एक्जिट पोल)का अलग–अलग नतिजाहरु सार्वजनिक भएका छन् । १३ वटा मत सर्वेक्षणमा सबैको सार नरेन्द्र मोदीले ह्याट्रिक जित हासिल गर्ने उल्लेख छ ।

National medical suchna

विभिन्न न्यूज एजेन्सी र च्यानलहरुले भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याउने र विपक्षी कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन हार्ने सर्वेक्षण भनिए पनि उनीहरुले पाउने सिट संख्या भने फरक–फरक छ ।

भारतका लोक सभाका ५४२ सिटका लागि ७ चरणमा निर्वाचन भएको थियो । निर्वाचनको नतिजा ४ जुनमा सार्वजनिक हुने छ । बहुमतका लागि २७२ सिट ल्याउनुपर्छ ।

नतिजा सार्वजनिक हुनु अगाडि सार्वजनिक मत सर्वेक्षणको नतिजामा एनडीए गठबन्धनले २८१ देखि ४०१ सिटसम्म ल्याउने देखाइएको छ । विपक्षी गठबन्धनले १०७ देखि २०१ सिटसम्म ल्याउन सक्ने उल्लेख छ ।

भारतको दैनिक भाष्करले भने ग्राउण्ड जिरो रिपोर्टको आधारमा २८१ देखि ३५० सिट भाजपा नेतृत्वको एनडीए गठबन्धनले पाउनसक्ने र १४५ देखि २०१ सिटसम्म कांग्रेस नेतृत्वको इण्डिया गठबन्धनले पाउनसक्ने जनाएको छ ।

सर्वेक्षणअनुसार यस पटक एनडीएले तमिलनाडु र केरलामा खाता खोल्न सक्ने अनुमान छ । साथै कर्नाटकका सबै सिटमा कब्जा गर्न सक्ने उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय