समसामयिक :

बारा प्रहरीद्वारा १३ लाख नक्कली नेपाली नोट सहित ४ जना पक्राउ

बुधबार, जेठ १६, २०८१

बारा । जिल्ला प्रहरी कार्यालय बाराले ठुलो संख्यामा नक्कली नेपाली नोट सहित तिनजना नेपाली र एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । 

National medical suchna

पक्राउ पर्नेमा जिल्ला बारा कोल्हवी नगरपालिका वडा नम्बर ६ वस्ने वर्ष २५ को राजन चौधरी, वडा नम्बर ५ बस्ने वर्ष १९ को आकाश चौधरी, जिल्ला रौतहट राजपुर नगरपालिका वडा नम्बर १ बस्ने वर्ष १९ को मोहन कुमार साह र भारत विहार राज्य जिल्ला मोतिहारी थाना झरोखर पञ्चायत कबैया ग्राम खरसलवा वडा नम्बर ७ बस्ने वर्ष ४० को महमद आलम रहेका छन।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ कचोर्वा स्थित सानो बसवरिया र ठुलो बसवरियाबाट एक हजार दरका १३ लाख १६ हजार नक्कली नेपाली नोट सहित चारैजनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायव उपरीक्षक डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।

नक्कली नेपाली नोट सहित पक्राउ परेका चारैजना माथी खोटा चलन मुद्दामा अनुसन्धान भईरहेको डिएसपी न्यौपानेले बताए।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १५:१८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय