समसामयिक :

पत्रकार सदस्यता विवाद ! प्रदेश र केन्द्रले आफु खुशी गरे जिल्ला सहेर बस्दैन : अध्यक्ष तिवारी

बुधबार, जेठ ९, २०८१

वीरगंज। नेपाल पत्रकार महासंघको सदस्यता वितरण तथा नविकरण सम्बन्धमा केन्द्र र प्रदेशले आफु खुसी गरेको भन्दै पर्सा शाखाले एउटा विज्ञप्ति जारी गर्दै चेतावनी दिएको छ ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी र सचिव भुष्ण यादवले संयुक्त प्रेस विज्ञप्ती जारी गरी शाखाबाट भएका सर्वसम्मत निर्णयलाई छानबिन नै नगरी आफू खुशी नाम राख्ने र हटाउने कार्यमा केन्द्र र प्रदेश सक्रिय देखिएकाले त्यसबाट सिर्जित हुने घटना क्रमको जिम्मेवारी केन्द्र र प्रदेश हुने चेतावनी दिइएको हो ।

जारी संयुक्त विज्ञप्तीमा संस्थाको सुद्धिकरण र नयाँ सदस्यता वितरणको लागी जिल्लाबाट भएका सिफारीसहरुमा उजुरी परेको खण्डमा प्रदेश कमिटीले जिल्ला संग समन्वय तथा आवश्यक छानबिन गरी केन्द्रलाई लिपिबद्ध गर्न पठाउने महासंघको विधानमा प्रष्ट उल्लेख रहेको जनाएको छ ।

नेपाल पत्रकार महासंघको विद्यान तथा लुम्बिनी संचार भेलाले तय गरेको १५ बुन्दे मापदण्डलाई टेकेर जिल्लाले गरेको नयाँ सदस्यता तथा नविकरणको लागी शाखाबाट सर्वसम्मत निर्णय गरी पठाएको नामावलीमा कुनै प्रकारको छानबिन तथा समन्वय नगरी जिल्लाको निर्णयलाई वास्ता नगरी आफु खुशी चोर बाटोबाट नाम थप्ने र मन परि ढंगले हटाउने काम भइरहेको जानकारी प्राप्त भएको विज्ञप्तीमा उल्लेख छ ।

शाखाबाट भएका सर्वसम्मत निर्णयलाई वैधानिक रुपमा छानबिन नै नगरी आफू खुशी नाम राख्ने र हटाउने कार्यमा केन्द्र र प्रदेश सक्रिय देखिएकाले सो कुरा कुनै पनि हालतमा मान्य नहुने तथा त्यसबाट सिर्जित हुने सम्पुर्ण घटना क्रमको जिम्मेवारी केन्द्र र प्रदेशको हुने भनी चेतावनी विज्ञप्ती मार्फत दिइएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  २२:२०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय