समसामयिक :

सुनको मूल्यमा २३ सय रुपैयाँले वृद्धी

शुक्रबार, वैशाख २८, २०८१

वीरगञ्ज । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ६०० मा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो ।  

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय