समसामयिक :

धनुषामा कुकुरले टोक्दा बालिकाको मृत्यु

बुधबार, वैशाख २६, २०८१

वीरगञ्ज । धनुषामा कुकुरले टोक्दा एक बालिकाको मृत्यु भएको छ ।

National medical suchna

जिल्लाको सदरमुकाम जनकपुरधाम उपमहानगरपालिका – १ पुलचोकमा कुकुरले टोक्दा ६ वर्षीय बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दीपक साहकी ६ वर्षीय छोरी सन्ध्या साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषाकै सहिद नगर नगरपालिकास्थित यदुकूहा स्थायी घर भएका दिपक श्रीमतीसँगै पुल चोकमा कोठा भाडा लिएर बस्दै आएका छन् ।

मङ्गलवार साँझ खेलिरहेकी बालिकालाई कुकुरले टोकेर गम्भीर घाइते बनाएको धनुषा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ९डिएसपी० रञ्जन आबले जानकारी दिए ।

घाइते सन्ध्यालाई उपचारका लागि अस्पताल लग्ने क्रममा मृत्यु भएको उनले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय