समसामयिक :

यातायात कार्यालय कलैयाले ४ महिनामै उठायो २ करोड भन्दा बढी राजश्व

बुधबार, वैशाख २६, २०८१

बारा। बारा जिल्लाको सदरमुकाम कलैयामा सञ्चालन भएको यातायात व्यवस्था कार्यालयले गएको ४ महिनामा रु दुई करोडभन्दा बढी राजस्व उठाएको छ । 

National medical suchna

मधेश प्रदेश सरकारको सहयोगमा विगत मंसिर २५ गतेबाट सञ्चालन भएको यातायात व्यवस्था कार्यालयले सेवा सुरु भएदेखि हालसम्म रु दुई करोडभन्दा बढी राजस्व उठाउन सफल भएको हो ।

यातायात कार्यालयका प्रमुख नवाज हुसैनले अहिले यस कार्यालयमा आउने सेवाग्राहीलाई सहज हुने गरी सेवा प्रवाह गरिरहेको बताए ।

अहिले धेरैजसो यातायात व्यवस्था कार्यालयमा विभिन्न आर्थिक मामिलामा पटक–पटक मुछिने गरेकाले त्यसबाट मुक्त गर्न र सेवाग्राहीको काम छिटोछरितो गरेर कार्यालयमा भीड कम गर्न आफूले निर्देशन समेत दिएको उनले दाबी गरे।

कार्यालय प्रमुख हुसैनले जनशक्ति कम भए पनि कार्यालयका कर्मचारी अहोरात्र खटेर सेवा प्रवाह गरिरहेको बताए ।

कार्यालयमा रहेका कर्मचारीले बिहान ७ बजेदेखि राति ९ बजेसम्म खटेर जतिसक्दो चाँडो लाइसेन्स दिने व्यवस्था मिलाइएको उनको भनाई छ ।

त्यस्तै अहिले यातायात व्यवस्था कार्यालय बाराको सम्पूर्ण सेवाहरु अनलाइनमार्फत प्रदान गरिने भएकाले कुनै पनि काम बिचौलियामार्फत नगराउन उनले सेवाग्राहीलाई आग्रह गरे ।

उक्त कार्यलयमा लाइसेन्सका लागि फागुन २३ गतेबाट नयाँ तथा थप वर्गका लागि आवेदन खुलेको तथा उक्त कार्यलयमा अहिलेसम्म एक हजार १९० जनाले दिएको आवेदनमा ५५८ जना मात्र पास भएर सवारी चालक अनुमातिपत्र लिने अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

कार्यालय प्रमुख हुसैनका अनुसार अहिले धेरैजसो मोटरसाइकल र कारका लागि लाइसेन्स बनाउन आउने व्यक्तिहरु पढेलेखेका भएर लिखितमा पास भए पनि प्रयोगात्मक परिक्षामा फेल हुने गरेका छन् ।

पहिलापहिला सवारी चालक अनुमतिपत्र बनाउनको लागि वीरगञ्ज र हेटौँडा जानुपर्ने बाध्यता रहँदै आएकाले अब भने त्यस समस्याको समाधान भएपछि अहिले सवारी चालक अनुमतिपत्र कलैयामै बनाउन पाइने भएपछि बारा जिल्लाका साथै अन्य जिल्लाका सेवाग्राहीहरू समेत सेवा लिन आउन थालेका छन् ।

अहिले सो कार्यालयले कार, मोटरसाइकल, स्कुटर, टेम्पो तथा ट्याक्टरलगायतका सवारी साधनहरुको लिखित तथा ट्रायल परीक्षा लिएर चालक अनुमतिपत्र दिँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय