नेशनल इन्फोटेक कलेजको हदैसम्मको दादागिरी, कसले गर्ला कार्वाही

प्रतिष्पर्धाबाट पछि हटेर अन्य कलेजको प्रचार समाग्रि हटाउदै एनआई कलेजका कर्मचारीहरु
बुधबार, साउन ३, २०८०

वीरगंज ३ साउन । नेशनल इन्फोटेक कलेज (एनआई कलेज) ले अन्य कलेजको प्रचारप्रसार समाग्रि हटाउन स्टाफ नै लगाएको घटनाले अहिले वीरगंज तातेको छ । एस.ई.ई. पछि अहिले कहाँ पढ्ने, नपढ्ने दुविधाका बिच करिब एकदशकदेखी सञ्चालनमा रहेको एनआई कलेजले गुणस्तर भन्दा विद्यार्थीलाई दादागिरी शैलिले प्रलोभनमा पार्न लागी परेको देखिन्छ । 

शिक्षामा प्रतिश्पर्धा भए विद्यार्थीले गुणस्तरीय शिक्षा पाउन मदत पुग्छ तर नेशनल इन्फोटेक कलेज (एनआई कलेज) का प्रबन्ध निर्देशक मनिष सिंहले आफ्नै स्टाफ लगाएर अन्य कलेजको प्रचार सामाग्री, ब्यानर हटाउन लगाएर आफ्नो स्तर देखाएका छन् ।  अबेर राती एनआई कलेजका कर्मचारीहरुले अलपाईन कलेजको प्रचारप्रसार समाग्रि च्यात्दै हटाउन लगाएर शैक्षिक व्यपारको हदैसम्मको तह पार गरेको छ । 

एक समय गुणस्तर बढाउँदै गएपनि पछिल्लो समय कमाऊ धन्दामा लागेपछि यस कलेजको स्तर खसकिदै गएको छ । स्तर खसकिएका कारण विद्यार्थीहरु नेशनल इन्फोटेक कलेज (एनआई कलेज) मा जान मानेका छैनन् । त्यसैले पनि कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले कलेजमा अध्यापन गराउने शिक्षक, कर्मचारीहरुलाई विद्यार्थी ल्याउन उर्दि नै जारी गरेका छन । प्लस टु साईन्स पढ्न इच्छुक नभएका विद्यार्थीहरुलाई समेत शिक्षक कर्मचारीहरुले पढ्न दबाब दिनुको साथै ब्यानर च्यात्न लगाउनुले अन्य कलेजको कुप्रचारमा समेत लागेको देखिन्छ । 

एस.ई.ई. भर्नाको बेला स्वास्थ प्रतिश्पर्धा गर्नु आजको अवश्यक्ता हो तर कलेज सञ्चालक समुह कुप्रचारमा लागेको घटनाले एनआईले दिने शिक्षामा प्रश्न उठेको छ । यता वीरगंज महानगरपालिकाले विभिन्न अवैधानिक इन्स्टचियूटहरुलाई कार्वाहीको दायरामा ल्याउँदै गर्दा एनआई कलेजलाई प्रश्यदिनु आश्चार्यको विषय रहेको छ ।

यता घटनामा संलग्नलाई कार्वाहीका लागी अलपाईन स्कुल सञ्चालक टिमबाट जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको स्कुलका निर्देशक विनोद उपाध्यायले जानकारी गराएका छन् । 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय